शनिबार, बैशाख १५, २०८१

लघु कथा- रक्सिको नशा

  • मङ्लबार, मंसिर १९, २०८०
लघु कथा- रक्सिको नशा

कपुर नगरपालिका सात नम्बर ओडा बर्तोला टोलका लालमणि एक समाजसेवी ,अनुशासित , सभ्य भब्य भद्र सालिन एकदमै साधारण र सोझो मान्छे थिए!
एकदिन लालमणी साथिहरुसँग बजार जान्छन् घर फर्किदा साथिहरुले लालमणिलाइ रक्सी खान अनुरोध गर्छन् ! लालमणीले रक्सी कहिले खाएको छैन यो खान हुन्न मत खादिन भन्छन् ,, तर साथिहरु सारै कर गरेर लालमणीलाई रक्सी खुवाएर नैं छोड्छन्! कहिले रक्सी नखाएको हुँदा लालमणिलाई झ्याम्म नशा लाग्छ ! साथिहरुत सधैं खाइरहेका हुँदा त्यति नशा लागेको हुँदैन र लालमणीलाई बोकेर घर पुर्याउनु पर्ने जस्तो ठानेर लालमणिलाइ त्यहीँ छोडेर बजारबाट फुत्तफुत्त घर भाग्छन् !

एकछिनमा लालमणी पनि आफ्नो घर जाने बाटो लाग्छन् लालमणी बिस्तार बिस्तारै घरतिर जाँदै थिए त्यही बाटो हुँदै पल्लो गाउँकी ललिता पनि आफ्नो घर जाँदै थिइन् ,, लालमणी र ललिला कुरा गर्दागर्दै हिन्दैथिए अलिकती माथी पुगेपछी लालमणी थगाइ लागेर बसिहाले ,,ललिता हुन्छ बिस्तारै आउनुहोलानित म जान्छु भनेर अगाडि बढिन् पछाडिबाट लालमणीले ललिताको च्याप्प हात समायो र सँगै जाउन बस मपनी एक्लै छु तिमी पनि एक्लै कसरी जान्छ्यौ? जंगलको बाटो छ भन्दै हात समातेर आफ्नो आँडैमा राख्यो! नशाको तालमा लालमणिले ललितालाइ अंगालो मारेर शरीरका अंगहरु छाम्न सुरु गर्यो! एकान्त ठाउँ अँध्यारो अँध्यारो मौसम ललिताको पनि अठार बीस बर्षको उमेर ललिलाले पनि कुनै आपत्ती जनाइनन् ! लालमणिले फेरि अर्को प्रस्ताव राखे बाटोमा धेरै नबसौं अलिकती पर जंगलको छेउमा जाउँ हिँड ,,हुन्छ हिड भन्दै ललिता राजी भइन् एकछिनमा ललिताले कपडा फुकाल्न सुरु गरिन र र दुबै जना एक अर्काको शरीर सँग खेल्न थाले !
लालमणिकै छिमेकी आमा रत्नादेवीको बाख्रा हराएको रहेछ बाख्रा खोज्दैगर्दा आमाले लालमणी र ललितालाइ देख्यो ए पख भनेर आमा जोर सँग कराए कराएको सुनेर लालमणिले आमालाइ देखिहाल्यो ! आमाले अब सबैलाइ भनिदिने हुन् सबैले थाहा पाउनेहुन् भनेर आमाको घाँटी काटेर हत्या गरि बोरामा हालेर जंगलमै गाडिदियो! त्यसपछी लालमणीले ललितालाइ पनि मार्ने प्रयास गर्न थाल्यो ललिता त्यहाँ बाट जसो तसो प्रहरी प्रसासन कहाँ पुगि र रक्सिको नशाले भएको सबैकुरा सत्य सत्य बताइदियो! रक्सिको नशाले गर्दा समाजसेवि लालमणीको पनि जेलको बास भयो!

चर्चामा

सम्बन्धित समाचार