• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

बाजुरा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

न सुत्ने ठाउँ छ, न खानेपानी

  • मङ्लबार, जेष्ठ १, २०८१
बाजुरा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

लक्ष्मीराज पाध्याय — बाजुरा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् । आवश्यक भौतिक पूर्वाधार नहुँदा बाजुरा कारागारका कैदीबन्दी कष्टकर जीवन विताइरहेका छन् । २५ जनाको क्षमता भएको जीर्ण कारागार भवनमा ७२ जना कैदी बन्दी राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुदा खाना र शौचालयको समेत समस्या भएको कैदीबन्दीहरुले वताएका छन् ।
२०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बनेको भए पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन । बाजुरा कारागार कार्यालय बाजुराका जेलर अनलि कुमार तिवारीले लामो समय हुँदा पनि कारागारको नयाँ भवन निर्माणमा कतै बाट बनाउन पहल नभएको बताए । उनका अनुसार यो कारागारको क्षमता २५ जनाको मात्र हो । अहिले कारागारमा ४६ जना कैदी २३ जना थुनुवा ३ जना थप जिल्ला बाहिरबाट ल्याएर ७२ जना बसोबास गर्दै आएका छन् ।
क्षमता भन्दाबढी कैदी र थुनुवा हुलेपछि अहिले उनीहरूलाई सुत्न त के बस्नलाई पनि निकै समस्या भएको छ । जेलर तिवारीका अनुसार एक खाटमा पाँच, छ जना सुत्नुपर्ने अवस्था र खाटमाथि खाट राखेर सुताउनु परेको अवस्था रहेको बताए । कारागारको प्रशासन भवन भाडामा लगिएको छ, भने शुरक्षाका लागि खटिएका प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन् ।
बर्खाको समयमा सुरक्षाकर्मी बस्ने र सुत्ने घरहरुको छतमा पालहरु हालेर बस्नुपर्ने बाध्यातामा रहेको छ । घरहरुको त्रिपाल राखेर कैदिबन्दी र सुरक्षाकर्मीले बस्नुपर्ने अवस्था छ । उनका अनुसार पुरानै डिजाइनमा निर्माण भएको कारागार भवनमा नत खटिया राख्न ठाउँ पुग्छ, न त कुनै सामग्री राख्न ठाउँ पुग्छ, अहिलेसम्म तानतुन गर्दै कैदीले कष्टकर जीवन बिताउँदै आएका छन् ।
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदी राख्दा खाना, शौचालय पानी लगायत विभिन्न समस्या भोग्न बाध्य भएको कैदी विशाल बिकले वताएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेको कैदि बन्दीहरुको भनाइ छ ।

२०३७ सालमा बनेको बाजुरा कारागार कार्यालय पुनर्निर्माण हुन सकेको छैन । कारागार प्रशासनका अनुसार उक्त भवनमा हाल कर्तव्य ज्यान मुद्दामा ११ जना कैदि र १४ थुनुवा गरी २५ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् ।
त्यस्तै जबर्जस्ती करणी मुद्दामा १३ कैदी र ४ थुनुवा गरी १७ जना रहेका छन् भने ज्यान मार्ने उद्योगमा एक, ओसार–पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक जना, सवारी ज्यान मुद्धाका २ जना जवरजस्ती करणी ३ जना, लागु औषध २ जना, जक कर्तब्य ज्यान उध्योगमा १ जना,ज.क गर्भ संरक्षण उध्योगमा १ जना, हाड नाताकरणीमा २ जना, ज्यान मार्ने उध्योगमा १ जना, ज.ज.क. मान ओसारपसारमा १ जना, बहुबिबाह मुद्धामा कैदि २ र थुनवा २ गरि ४ जना, हात हतियार सम्बन्धी कसुरमा ५ जना र आत्महत्य दुरुसहान मुद्धामा १ जना गरी ७९ जना कैदी बन्दी रहेको कारगार प्रशासनको भनाइ छ ।
कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा संघका जनप्रतिनिधिलाई निरीक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार