• होमपेज
  • बुढीगंगा
  • शैक्षिक सुधारका लागि बुढिगंगामा विद्यालय मर्च र कक्षा तह मिलान

शैक्षिक सुधारका लागि बुढिगंगामा विद्यालय मर्च र कक्षा तह मिलान

  • सोमवार, बैशाख ३१, २०८१
शैक्षिक सुधारका लागि बुढिगंगामा  विद्यालय मर्च र कक्षा तह मिलान

लक्ष्मीराज पाध्याय– बुढिगंगा नगरपालिकाका १० वटा विद्यालयहरु मर्ज तथा कक्षा तह मिलान गरिएका छन । कम विद्यार्थी शैक्षिक गुणस्तर नभएका विद्यालयलाई मर्ज तथा तह मिलान गरिएको हो । बुढिगंगा नगरपालिका भित्र रहेका आधारभूत तहको कक्षा ५ र ८ को परीक्षामा शुन्य भएका बिध्यालय र कम बिध्यार्थी पास भएका बिध्यालयहरु मर्ज तथा तह मिलान गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताए । नाम मात्र बिध्यालय भएर नभई गुणस्तरिय शिक्षाका लागि बिध्यालय समायोजन ( तह मिलान) गरिएको नगर प्रमुख बानियाको भनाई रहेको छ ।
अघिल्लो शैक्षिक सत्र देखी बिभिन्न समयमा बिध्यालयमा गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले बिभिन्न समयमा निणर्य तथा शिक्षक अभिभावक संग परार्मश गरी बिध्यालयका शिक्षक अभिभावकहरुकै माग अनुसार बिध्यालयहरुको तह मिलान गरिएको नगर प्रमुख बानियाले बताए ।
यो बर्ष केही बिध्यालयहरुको तह मिलान गरेको र पछिल्लो शैक्षिक सत्रसम्म अरू विद्यालयलाई पनि विस्तारै मर्ज गरेर राम्रो शिक्षा प्रणाली लागू गरिने नगर प्रमुख बानियाले बताए । अघिल्लो बर्ष भन्दा यो बर्ष बुढिगंगा नगरपालिकाका बिध्यालयमा सिकाई उपलब्धी ८ प्रतिशत पुगेको र यसलाई आफ्नो कार्यकालसम्म ५० प्रतिशत पुर्याउने लक्ष रहेको नगरपालिकाका प्रमुख बानियाले बताए ।
बुढिगंगा नगरपालिका १ मा रहेको माथिल्लो कुडी आधारभुत बिध्यालयको ४ र ५ कक्षा तल्लो कुडी आधारभुत बिध्यालयमा समायोजन गरिएको र तल्लो कुडी आधारभुत बिध्यालयको कक्षा ६ देखी ८ सम्म धुरालशैन माबिमा समायोजन गरिएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।
त्यसै गरि वडा न २ मा रहेको बजेडी आधारभुत बिध्यालयमा रहेको कक्षा ६ देखी ८ सम्म पशुपती माबिमा समायोजन गरिएको छ । जनप्रभात आधारभुत बिध्यायलयको कक्षा ४ र ५ बसन्त आधारभुत बिध्यालयमा समायोजन गरिएको नगरपालिकाले जनाएको छ ।
बसाली आधारभुत बिध्यालयबाट ४ र ५ कक्षा समायोजनका लागि चैतेपिपल सुर्योदय आधारभुत बिध्यालयमा गाभएिको छ । सत्यबादी आधारभुत बिध्यायलको कक्षा ४ र ५ लाई भानोदय नमुना माध्यायमिक बिध्यालयमा समायोजन गरिएको छ भने राजेन्द्र आधारभुत बिध्यालय कक्षा ६ देखी ८ थुमा माध्यामिक बिध्यालयमा समायोजन गरिएको नगरपालिकाले जनाएको छ । वडा न ९ मा रहेका शान्नीकोट आधारभुत बिध्यायलयमा रहेको ४ र ५ कक्षा त्रिशक्ती माध्यामिक बिध्यालयमा गाभिएको छ भने त्रिपुरा आधारभुत बिध्यालयमा रहेका कक्षा ४ र ५ लाई समेत त्रिशक्ती माध्यायमिक बिध्यायलयमा समायोजन गरिएको जनाएको छ ।

वडा न २ मा रहेको ब्रह्मदेवस्थली आधारभुत बिध्यालयको कक्षा ४ र ५ लाई बजेडी आधारभुत बिध्यायलयमा समायोजन गरिएको छ भने वडा न १० मा रहेको मश्टेश्वरी आधारभुत बिध्यालय सिगाडा माध्यामिक बिध्यालयमा मर्च गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थी संख्या न्यून रहेका यी विद्यालयमा बालविकास कक्षाको हकमा एक बिध्यालय एक ईसिडी कक्षा संचालन गरि कार्य अगाडी बढाईएको नगरपालिकाले जनाएको छ । ईसिडीको दरबन्दी नभएको ठाउँमा समेत दरबन्दी कायम गरि २९ ओटै बिध्यायलयमा ईसिडी कक्षा संचालन गरिने नगर प्रमुख बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाको यो निणर्य अन्य पालिकामा पनि सिकाईको रुपमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार