शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • लैङिक विभेदमा आधाररित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

लैङिक विभेदमा आधाररित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

  • बिहिबार, चैत्र १, २०८०
लैङिक विभेदमा आधाररित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बाजुरा– बडिमालिका नगरपालिका स्थरिय लैंगिक बिभेदमा हिसांमा आधारीत रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तरगत बडिमालिका नगरपालिका स्थरिय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) र आईपासले ‘महिला तथा किशोरीविरुद्धको लैंगिक हिंसा तथा विभेद न्यूनीकरण गर्ने ’ लैंगिक बिभेद तथा हिसांमा आधारीत रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरणको सल्लाहकार समिति बैठक सम्पन्न भएको हो । बडिमालिका नगरपालिका स्थरिय परियोजना सल्लाहकार समितिको बैठकमा नगरपालिकामा यसअघि गरेका कार्यक्रमहरुको समिक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउदै बैठक सम्पन्न भएको आयोजकले जनाएको छ ।
लैंगिक बिभेदमा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरणलाई स्वीस सरकार विकास नियोग नर्वेजियन दूतावास  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) आईपास र पीसवीन नेपालबाट सहयोग उपलब्ध गराउदै आएकोमा स्थानिय तहले यसलाई थप प्रभावकारी बनाउन जोड दिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए । परियोजनाले गर्दै आएको कार्यक्रमलाई आगामी दिनमा नगरपालिकाले अपनत्व लिएर काम गर्ने निणर्य समेत गरिएको नगर प्रमुख खड्काले बताए ।
लैंगिक हिंसा प्रभावितको सुरक्षा, स्वास्थ्य र न्यायको पहुँचमा सहयोग पुर्‍याउन आवश्यक सेवा उपलब्ध गराउन नगरपालिकाले जिल्लाका अन्य स्थानिय तहसंग समन्वय गरि अगाडी बढ्ने नगर उप प्रमुख नन्दा थापाले बताईन । परियोजनाले लैंगिक हिंसालाई बढावा दिने विद्यमान हानिकारक जनविश्वास र अभ्यासलाई चुनौती दिन समुदायलाई सशक्तीकरण गर्न महत्वपुर्ण भुमिका निर्बाह गरेको र आगामी दिनमा आईपास र पीसवीनद्धारा संचालीत सो कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकाबाट सहयोग हुने बताएकी छन ।
बैठकमा जिल्लामा रहेको सुरक्षित आवास गृह संचालन गर्न जिल्ला सबै स्थानिय तह संग समन्वय गरि अगाडी बढ्ने निणर्य समेत गरिएको छ । हाल सम्म १ सय ४२ जनाले सो सुरक्षित आवस गृहबाट सेवा र लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका छन ।
स्थानीय तहमा महिला सशक्तीकरणमा सुधार ल्याउने नीतिगत सुधार प्रवर्द्धन गर्ने र परियोजनाले बिभीन्न कार्यक्रम गर्दै आएकोले सो कार्यक्रम उपलब्धी बनाउन पर्ने कार्यक्रमका सहभागी बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । दिगो विकास लक्ष्य हासिल गर्नका लागि लैंगिक हिंसा र महिला तथा किशोरीविरुद्ध हुने हानिकारक अभ्यास अन्त्य गर्न आगामी कार्यक्रमहरु प्रभावकारी बनाउन सरोकारवालाहरु सबैले लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।
महिला र किशोरीविरुद्ध हुने भावनात्मक, शारीरिक, यौनिक वा आर्थिक हिंसा महिला र किशोरीलाई महत्त्व दिने तथा महिला र किशोरीविरुद्धको हिंसालाई न्युनिकरण गर्न स्थानिय तहबाट नितिगत निणर्य भएमा परियोजना सफल हुने आईपासका कार्यक्रम संयोजक रमेश थापाले बताए । स्यथानिय तहबाटै नीतिगत र कानुनी प्रावधानद्वारा लैंगिक समानता सुनिश्चित गर्न र लैंगिक भेदभाव र हिंसा अन्त्य गर्न महत्त्वपूणर् भुमिका रहेको र यसलाई थप उर्जा दिनुपर्ने आइपासका कार्यक्रम संयोजक थापाले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, परियोजना संग सम्बन्धीत सल्लाहकार समितिका सदस्यहरु र पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार