शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बर्दियाकी पूजा खत्रीले एकै बर्षमा लोकसेवाका ५ परिक्षामा नाम निकाल्न सफल

बर्दियाकी पूजा खत्रीले एकै बर्षमा लोकसेवाका ५ परिक्षामा नाम निकाल्न सफल

  • बिहिबार, माघ २५, २०८०
बर्दियाकी पूजा खत्रीले एकै बर्षमा लोकसेवाका ५  परिक्षामा नाम निकाल्न सफल

बाजुरा– बर्दियाकी ४ गुलरियाकी पुजा खत्रीले एकै बर्षमा ५ ओटा लोकसेवाकाे परिक्षामा नाम निकाल्न सफल भएकी छन । उनले २०८० को बैशाख देखि माघसम्म ५ वटा लिखित परीक्षामा सफल भइन केही ठाउँमा माैखीक बाकीँ रहेकाे छ ।

उनले सबै परिक्षा स्वास्थ्य सेवा तर्फका पदहरुमा नाम निकालेको हो । गाउँमै बसेर पनि सफल हुन सकिन्छ भन्ने कुराको प्रमाण खत्री बनेकी छन ।  कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलताले खुसी भएको खत्रीले बताइन । गुलरिया -४ बर्दिया स्थाई घर भइ हाल प्युठान अस्पताल प्युठानमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन ।

No description available.
उनले एक बर्षको अवधीमा ५ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । जसमा लुम्बिनी प्रदेशको लोकसेवा परिक्षाबाट उनि पाँचौं तह सिफारिस भइसकेकी छन । कर्णाली प्रदेश चौथो तहमा  अन्तर्वार्ता दिन बाँकी रहेको छ । त्यसै गरी कोशि प्रदेश पाँचौ तह अन्तर्वार्ता दिन बाकी रहेको, बागमती प्रदेश पाचौं तह अन्तर्वार्ताको तयारीमा र कोशी प्रदेश चौथो तह अन्तर्वार्ता बाँकी रहेको उनले बताइन । यसरी एकपछि अर्को सफलता मिल्ने कुरा उनले सोचेकी पनि थिइनन् ।

पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, स्वयम खत्री बताउँछिन् । संघर्षको फल मिलेकोमा भने उनी सन्तुष्ट छन् । सफलता संघर्षले प्राप्त हुन्छ भन्ने कुरा खत्रीले प्रमाणित गरेपछि आफन्त र समुदायस्तरमा पनि बहस सुरु भएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार