शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको हिमालीमा एक घर आगलागी, लाखौंको धनमाल जलेर नष्ट

बाजुराको हिमालीमा एक घर आगलागी, लाखौंको धनमाल जलेर नष्ट

  • सोमवार, बैशाख ३१, २०८१
बाजुराको हिमालीमा एक घर आगलागी, लाखौंको धनमाल जलेर नष्ट

बाजुरा —बाजुराको हिमालीमा एक घर आगलागी भएको छ । सोमवार दिउँसो हिमाली गाउँपालिका ६ मा स्थानिय पुर्वलाल पाण्डेको घरमा आगलागी हुँदा सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा आगलागीको खबर हुनासाथ तत्काल प्रहरीको टोली गएर स्थानिय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।

बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरमा रहेको सम्पूर्ण लत्ताकपडा, खाद्यान्न, सुनचाँदी, दुई थान मोबाइल सेट, दुई थान सोलारपाता लगायत जलेर नष्ट भएको प्रहरी चौकी धुलाचौरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार