बुधबार, जेष्ठ २, २०८१

प्रदेशीको चिठी…

  • बिहिबार, चैत्र २७, २०७६
प्रदेशीको चिठी…

 पुजनिय आमा बा प्रणाम ! आमा म सन्चै छु, बाबा म आरामै छु कोरोनाको आतंकबाट थकित विश्वको एक सानो कुनोमा मपनि सुरक्षित छु  । आज विश्व नै सिथिल भएको छ मर्ने डरले आखिर मर्न कसलाई पो रहर हुँदोरहे छर विश्वलाई थर्काउनेहरुलाई कोरोनाले थर्कायो म तपाईं हामी मेरो देश उहिले देखि नै इमानदार छौं समयलाई बुझेका छौं ।

र अरुले जस्तै अहमता बोकेका छैनौ तैपनि संकटको घडीमा हामीले संयमता अपनाउनै पर्छ त्यहाँपनि घरमा ख्याल राख्नु आफ्नो अनि, गाउँघरमा भनिदिनु, धेरै मान्छे एकै ठाउँमा जमघट नहुनु रे विदेशबाट आएका मान्छेबाट टाढै रहनु रे, बेला-बेला साबुनपानीले हात धुनु रे, हाछ्युँ गर्दा रुमालाले मुख छोप्नु रे भनिदिनु मैले भनेको होइन यो कोरोनाबाट बच्ने उपाए हो विश्व स्वास्थ्य संगठनले भनेको यदि मासु खानुपर्यो भनेपनि राम्रोसँग पकाएर खानु रे, दूध धेरै उमालेर खानु रे यो देश लकडाउनको बेला छ ।  यो नियमलाई पालना गरि आफू र समाज बच्ने बचाउने कामगर्नु अब, गाँउघरमा घाँसपात गर्नै पर्यो । गाई भैँसीकोलागि आफ्नोपनि राम्रो ख्याल गर्नु र बाकोपनि मेरो निम्ति दैलो नकुर्नु हजुरले किनकी म धेरै टाढा छु सात समुन्द्र पारी आकाशको बाटो त्योपनि बन्द छ । अचेल सुनेको छु छिमेकी राष्ट्रबाट स्वदेश फिरेका हजुरकै सन्तान महाकाली पारी भोकै छन् ।

रे अलपत्र परेका छन् रे, तातो घाममा छन् रे आफ्नै माटोमा मर्ने या बाच्ने अभिलाषा बोकेका बिचरा बिचरी म भन्दा अभगी रहेछन् आमा कोरोनाकै कारण आफ्नै देशको माटो स्पर्शगर्न पाएका छैनन् तिनीहरुले कमसेकम म त सुरक्षीत कोठामा छु जहाँ भएपनि बाबा म यदि बाचेँ भने पक्कै फर्की आउने छु कोरोनाले लग्यो भने त्यो आँगनमा रातो बाकस आउने छैन।  मेरो अररो शरीर आउने छैन मेरो स्वर त के मरेको लास भेट्न पाउनु हुनेछैन यदि यस्तो भयो भने बिरानो देश मै लासको खातमै मिसिएर जल्ने छु र अस्ताउने छु । आशा गरौं यस्तो नहोला पक्कैपनि किनकि हजुरहरुको आशिर्वाद मसँग छ देशको माया छ माटोको सम्झना छ मलाई सम्झेर कत्तिपनि आँसु नखसाल्नु है आमा बुढेसकालको साहारा टाढा भयो नसम्झिनु है बाबा यो बेला गाउँको याद निकै आएको छ हजुरहरुलाई कतिखेर देखु/भेटु भएको छ ।

हेर्नुस्, घरको छानो टिनले नछाउनुमा कुनै पछुतो छैन आखिर सडक पेटीमा बसेपनि महलमा बसेपनि मान्छेले मर्नै पर्ने रहेछ दुईदिने चोला रिस डाहा क्रोध त्यागेकै ठिक रहेछ आज मै हुँ भन्नेहरुपनि लुकेका छन् आखिर धन, घमण्ड र आडम्बरी भन्दा ठूलो चिज भनेकै डर रहेछ जसले प्रमाणीत गर्यो आज कोरोनाको संकर्मण हुँदा मर्छु भन्ने डरले अहमताबादी सिंह हुँ भन्ने देशहरुपनि भिजेको मुसा जस्तै पुच्छर लुकाउने भएका छन् । लाखौं मान्छे कोरोनाका संकर्मित भैसकेका छन् हजारौंले ज्यान गुमाइ सके कोरोनाकै कारण मेरो देशमा कोरोना फैलियो भने भयाभह रुप लिन सक्छ त्यसैले यो समय सरकारको निर्णयलाई मान्नु नै उचित हुन्छ फ़ेरिपनि भन्छु लकडाउनको उलंघन नगरी पालन गर्नुहोला हवसत आजलाई यति नै सुन्नु त आमाबा…विदा भएँ है त । कलम बन्द । उहीँ हजुरको प्रदेशी प्यारो छोरा…!

चर्चामा

सम्बन्धित समाचार