शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिकाद्धारा चार हजार नौ सय फलफूका बोट वितरण

बुढीगंगा नगरपालिकाद्धारा चार हजार नौ सय फलफूका बोट वितरण

  • आइतवार, साउन ५, २०७६
बुढीगंगा नगरपालिकाद्धारा चार हजार नौ सय फलफूका बोट वितरण

पदमबहादुर सिंह
बाजुरा ५ साउन । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको आर्थिक वर्ष २०७५।७६ मा चार हजार नौ सय बर्षे सिजनका फलफुलका विरुवाहरु वितरण गरेको छ ।
एक देखी दश वडाहरुबाट तथ्याङ्क संकलन गरेर ५० प्रतिशन अनुदान मुल्यमा कृषकलाई विरुवा वितरण गरिएको बुढिगंगा नगरपालिका कृर्षि प्राविधिक दीपक थापाले बताएका छन् । नगरपालिकाका सबै वडाहरुमा सूचना प्रकाशन गरेर कृषकहरुका माग अनुसार वितरण गरीएको थापाले जानकारी दिए ।
कृषि क्षेत्रको समग्र बिकासको लागि १ घर ५ फलफूल बिरुवा रोपण कार्यक्रमलाई ध्यानमा राखी कृषकहरुलाई स्थानीय स्तरमा नै फलफूल रोपणमा सहभागी गराई आय आर्जन र ताजा फलफूलको उपभोगमा बृद्धि गराई रोजगारीको सृजना गने उद्धेस्यले रहेको थापाको भनाई छ ।
वितरण गरीएका फलफूलहरुमा आँप (अम्रपाली २ बर्षे कलम ) १ हजार बोट, अम्बा (इलाहबादी ) ६ सय बोट, लिची (रोजसेन्टेज कलमी ) २ सय बोट, अनार (बेदना ) ४ सय बोट, सुन्तला ( किन्नो) १ हजार २ सय बोट, कागती (सुन कागती) १ हजार ५ सय बोट वितरण गरीएको बुढिगंगा नगरपालिकाका मेयर दीपक बिक्रम शाहले बताए ।
त्यसै गरी हिउदे फलफूलको लागी बुढिगंगा नगरपालिका १ कुडी र वडा नम्वर ९ को क्रातेलेकमा २ वटा ओखर नर्सरी एक लाख ५० हजारमा स्थापना गरिएका छन् । वडा नम्बर ४,५,८,९,१०, मा १ हजार ५ सय बोट मेललाई कलमी गरेर नास्पाती कलमी गरीएको कृर्षि प्राविधिक दीपक थापाले बताए ।
भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय र जिल्ला कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा हिउंदे फलफूलका बिरुवा (ओखर ,नास्पाती, आरु, आरुबखडा) ५ हजार बोटहरु अघिल्लो मंसिर महिना बितरण गरिएको थापाले बताए । नौ ओटा स्थानीय तह मध्य बुढिगंगा नगरपालिका खाद्यन्न तथा फलफुल खेतिबाट बढी हुने स्थानीय तह भएको जिल्ला कृर्षि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रशाद जैशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार