• होमपेज
  • समाचार
  • कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

  • शुक्रबार, जेष्ठ ११, २०८१
कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्ति विवादमा तानिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि निकालेको विज्ञप्तिले बारमा विवाद देखिएको हो ।
बारले जेठ ९ गते पक्राउको विरोधमा विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिविरुद्ध उपत्यका बारका उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका छन् ।उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनीहरुले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गरेका छन् । कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारेसँग छलफल गर्ने परम्परा रहेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ताहरू हुने गर्दछन् ।
के थियो बारको विज्ञप्तिमा

बारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको थियो । सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एसोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको थियो ।

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार जारी गरेको विज्ञप्ति भनिएको थियो, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’

चर्चामा

सम्बन्धित समाचार