बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्

सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्

  • शनिबार, बैशाख १५, २०८१
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्

काठमाडौँ– शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ ।

दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।

शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

pi

चर्चामा

सम्बन्धित समाचार