आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • बैतडीमा एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती

बैतडीमा एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती

  • मङ्लबार, असार ३१, २०७६
बैतडीमा एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती

बैतडीमा एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्वर ५ लार्कोटका हजारी चन्दको दुई तले कच्ची घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ। मंगलबार मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलागी भएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए।

चन्दको पुरै घर जलेर ध्वस्त भएको छ। मानविय क्षती भने नभएको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरी प्रवक्ता पातलीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार