• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका २ छाउपडी गोठमुक्त वडा घोषणा

बडिमालिका नगरपालिका २ छाउपडी गोठमुक्त वडा घोषणा

  • शनिबार, जेष्ठ १२, २०८१
बडिमालिका नगरपालिका २ छाउपडी गोठमुक्त वडा घोषणा

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् ।

बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

वडामा रहेका महिला, किशोरीहरूको सक्रियतामा परम्परागत छाउपडी गोठहरू भत्काएर घरभित्रै बस्न थालेपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायले बताएकी छन् ।

छाउपडी गोठमुक्त घोषणाका लागि वडामा रहेका सबै टोलहरूमा महिला तथा बालवालिका शाखा र वडा कार्यालयको अगुवाईमा सयुक्त अनुगमन गर्दा वडामा रहेका राजनीतिक दल, किशोर किशोरी संजाल, बालक्लव, शिक्षक, शिक्षिका, धामीझाँक्रीहरूले छाउपडी प्रथा नमान्ने भनेपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष डम्बर महतले बताए ।

वडामा बसोवास गर्ने २ सय ७० परिवारले छाउपडी महिला, किशोरीरूलाई घर भित्र सुरक्षित बस्न दिने खानपानमा विभेद नगर्ने, महिनावारी भएको बेला आराम गर्ने प्रतिवद्धता जनाएका छन् । छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा छाउपडी सम्बन्धि जनचेतनामूलक देउडा खेल सहीत साँस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।

यस अघि बडिमालिका नगरपालिकाका वडा नम्बर ३,४,५,६,९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेका छन् भने आगामी वर्ष ७ र ८ नम्बर वडालाई घोषणा गर्ने तयारी रहेको नगरपालिको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार