• होमपेज
  • समाज
  • कोल्टी अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

कोल्टी अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

  • आइतवार, जेष्ठ १३, २०८१
कोल्टी अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभग्राही लाभान्वित भएका छन् । कोल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा बिहिवारबाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।

शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी रोगको निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला नेपालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा १७ सय ११ जना बिरामीले नाम दर्ता गएका थिए भने २ हजार १ सय २९ प्रकारको सेवा प्रदान गरिएको एक एक पाईला फाउन्डेसनका व्यवस्थापक आशिष भट्टराईले बताएका छन् । १ सय ६८ जना बिरामीको आँखाको मोतिविन्दु सल्यक्रिया भएको छ भने १ हजार १ सय ३६ जना बिरामीको आँखाको उपचार सहित औषधी वितरण गरिएको उनले बताए ।

शिविरमा ३ सय ७२ जना दातका बिरामीको उपचार गरिएको थियो भने १ सय ८० जनाको दात निकाल्ने काम भएको अस्पतालले जानकारी गराएको छ । नाक,कान र घाँटी सम्बन्धि ६ सय २१ जना बिरामीलाई चेकजाँच गरेर औषधी वितरण गरिएको र २० जना कानका बिरामीको अप्रेसन भएको जनाएको छ ।

कोल्टी अस्पतालमा तीन दिनसम्म संचालन भएको शिविरमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला ,मुगु र कालिकोटका नागरिकले सेवा लिएको कोल्टी अस्पतालका प्रमुख डाक्टर रन्जित शाहले बताए ।

आर्थिक अवस्था कम्जोरका भएर उपचार गराउन समस्यामा परेका जनतालाई सेवा दिने उदेश्यले यो शिविरको आयोजना गरिनुका साथै एकएक पाईला फाउन्डेसन र बुढीनन्दा नगर पालिका बीच भएको सम्झौता अनुसार पाँच बर्षसम्म प्रत्येक बर्ष शिविरको आयोजना गर्ने बुढीनन्दा नगर पालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार