• होमपेज
  • समाचार
  • मंगलबार दिउँसो १ बजे बजेट भाषण

मंगलबार दिउँसो १ बजे बजेट भाषण

  • आइतवार, जेष्ठ १३, २०८१
मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं  —सरकारले आर्थिक वर्ष २०८१/०८१ को बजेट जेठ १५ गते दिउँसो १ बजे ल्याउने भएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट भाषणका लागि जेठ १५ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको जानकारी दिएका हुन्।

सभामुख घिमिरेले अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी दिए। संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सभामुख घिमिरेले बैठकमा सहभागीताका लागि पौने १ बजेभित्र संसद भवन प्रवेश गरिसक्नुपर्ने सांसदहरूलाई अनुरोध गरेका छन्। बजेट भाषणपछि अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बस्ने सभामुखले जानकारी गराएका छन्।

आजको प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

चर्चामा

सम्बन्धित समाचार