• होमपेज
  • समाज
  • बुढिगंगाका विपन्न तथा एकल महिलालाई एक महिने हाते होजियारी तालिम

बुढिगंगाका विपन्न तथा एकल महिलालाई एक महिने हाते होजियारी तालिम

  • आइतवार, जेष्ठ १३, २०८१
बुढिगंगाका विपन्न तथा एकल महिलालाई एक महिने हाते होजियारी तालिम

टेकबहादुर बुढा —बाजुराको बुढिगंगा नगरपालिकामा एक महिने हाते होजियारी सम्बन्धी सीप विकास तालिम सञ्चालन गरिएको छ । नगरपालिकाका एकल, विपन्न, एचआइभी संक्रमित तथा हिंसा पिडित महिलाहरुलाई एक महिने हाते होजियारी तालिम दिन थालिएको हो ।

बुढिगंगा नगपालिकाको सहयोगमा त्यस्ता महिलाहरुको आयआर्जनमा सुधार ल्याउने उदेश्यका सीपमूलक हाते होजियारी तालिम दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख लक्षित कार्यक्रम अनुसार नगरपालिकाका १० वटै वडाबाट २० जना महिला छनोट गरेर शुक्रवारबाट पालिकामै तालिम दिन सुरु गरिएको नगर उपप्रमुख माया कुवरले बताएकी छन् । उनका अनुसार ३० दिनसम्म हाते होजियारी तालिममा ऊनको धागोबाट बन्ने सुइटर, टोपी, रुमाल, मजा बुन्न सिकाइने छ ।

यस तालिमबाट सीप सिकेर आफैं आत्मनिर्भर बनेर आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको बताइन् ।
हाते होजियारी तालिम नगरपालिकाको हलमा सञ्चालन भएको छ भने प्रशिक्षण मन्देवी ओलीले गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार