सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फिचर
  • के प्रचण्डलाई बिप्लवले मार्न खोजेकै हुन् त ? एकाएक चुहियो भित्री कुरो, थाहा पाउँदा सबै परे चकित (पुरा विवरण हेरी शेयर गर्नुहोस्

के प्रचण्डलाई बिप्लवले मार्न खोजेकै हुन् त ? एकाएक चुहियो भित्री कुरो, थाहा पाउँदा सबै परे चकित (पुरा विवरण हेरी शेयर गर्नुहोस्

  • शुक्रबार, चैत्र २२, २०७५
के प्रचण्डलाई बिप्लवले मार्न खोजेकै हुन् त ? एकाएक चुहियो भित्री कुरो, थाहा पाउँदा सबै परे चकित (पुरा विवरण हेरी शेयर गर्नुहोस्

लक्ष्मण चौलागाई (विद्रोही )
मनकामना खबर मैले पनि केही दिन पहिला लेखेको थिएं,विप्लवहरुले प्रचण्डहरुलाई मार्दैनन।मार्ने थिए भने त्यसरी सुचना दिने सुत्रहरु पनि हुदैन थिए।यदि कसैले त्यस्तो सुचना दाहाललाई दिएका थिए भने त्यो मान्छे जासुसी या पूर्व सुराकीको हद हुनुपर्छ ।

विप्लवहरु विरुद्द दमनको निम्ति प्रचण्डहरुले गरेको दुष्प्रचार आफ्नै विरासतका निम्ति हुन।

प्रचण्डलाई मृत्युको डर र कसैले मार्छ भन्ने लागेकै हो भने त्यो फोबियाको कारण पनि हुन सक्छ।बरु मदन भन्डारी बनाउनेहरुले प्रचण्ड मार्न सक्छन ,प्रचण्ड बनाइदिने विप्लवहरुले प्रचण्ड मार्दैनन।

जो सुरक्षा घेराभित्र छन उनी यस्तो कोकोहोलो गर्छन भने हामी निसशस्त्र जनतासंग न सुरक्षा न कानुन हामीलाई आउने चेतावनी त कायरहरुले शंख फुकेको जस्तो अनुभूति गर्दै बेवास्ता गर्छौं हामी भने प्रचण्ड किन विप्लवलाई आक्षेप लगाइरहेका छन भन्दा यिनलाई ओलीको फोबियाको कारण र एकीकृत जनक्रान्तिको धरपकडकै लागि हो अरु केही हैन।

सामाजिक संजाल फेसब्बुकमा मात्र हैन फिल्डमा पनि खुल्ले आम हिडीन्छ ।हामि बन्दुक र बम पड्काउने परेनौ,अपराध गर्दै हिड्ने अपराधि परेनौ,हामीसग कम्युनिष्ट सिद्दान्त र विचार छ जुन न त बर्दिले मार्न सक्छ न त शक्तिशाली सत्ताका धरपकडले नै विचलित हुन्छ ।

राज्य जतिजति दमन गर्दै जान्छ त्यतित्यति नै सचेत जनता राज्यका हर्कत देखि टाढा टाढा हुदै जान्छन र विद्रोही शक्तिसग इन टच हुने गर्दछ ।

क्रियालाई प्रतिक्रिया जनाउने विज्ञानको नियम अचुक छ ।पार्टी त्यतिबेला खीइदै जान्छ जतिबेला खराब खराब मानसिकता र प्रतिशोधले मन परि लाद्दै दमन र धरपकड गर्दछ ।क्रान्ति भनेको मान्छे मार्ने हैन,क्रान्ति भनेको त सिर्फ परिवर्तन मात्रै हो।यसैले पिडितहरुले ,उत्पीडितहरुले मुक्तिको बाटो अवलम्बन मात्रै हैन खोजि गरिरहेका छन्।झुप्रोदेखि सहिदकि आमाले भन्दैछिन

,”मेरो छोरो मारियो “,सहिदकी आमाको चित्कार नसुन्ने ओली प्रशासन क्रान्तिका अगुवाहरुलाई लुटेरा भन्दै दमन गर्दै गर्दा सिंगो गाउ र वस्तीका मानिसहरु विप्लव नेकपामा आवध्द हुदै गरेका समाचार विद्रोहको सुरुवात हो अनि शक्तिशाली राज्यका अगुवाहरु मृत्यु देखि डराई रहेका छन्।

यिनलाई कसले मार्नु ?तर जनताको जनमतले भने मार्दैछ,बाकि ४ वर्ष पछि शिला खोज्ने अवस्थामा पुग्दै गरेको पूर्व संकेतले यिनीहरु आफ्नो छाया देखि आफै तर्सिरहेको विडम्बना हास्यास्पद मात्रै छैन लज्जास्पद छ ।
लेखक : लक्ष्मण चौलागाई (विद्रोही )
नोट : लेखकका आफ्नै विचार जस्ताको तस्तै हुन् |

चर्चामा

सम्बन्धित समाचार