सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फिचर
  • पुर्णको दुवै मृगौलाले काम गर्न छोड्यो, सहयोग माग्दै बिदेशमा भएकी श्रीमती सम्झेर यसरि भक्कानिए (भिडियो सहित)

पुर्णको दुवै मृगौलाले काम गर्न छोड्यो, सहयोग माग्दै बिदेशमा भएकी श्रीमती सम्झेर यसरि भक्कानिए (भिडियो सहित)

  • मङ्लबार, चैत्र १९, २०७५
पुर्णको दुवै मृगौलाले काम गर्न छोड्यो, सहयोग माग्दै बिदेशमा भएकी श्रीमती सम्झेर यसरि भक्कानिए (भिडियो सहित)

मोरंग मिक्लाजुङ्ग ३ बसन्तचौकका पूर्ण बहादुर लिम्बु यतिबेला रोगले थला परेका छन । बिगत ९ महिना देखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनि थला परेका हुन् । अहिले उनि मज्जाले यताउता हिडडुल गर्न पनि सक्दैनन् । पुर्ण लिम्बु ज्यामी काम गरेर आफ्नो परिवार चलाई रहेका थिए । केहि बर्ष यता उनकी श्रीमती पनि कमाउनका लागि कुबेत तिर लागिन । ज्यामी काम गरेर जसो-तसो परिबार चलाई रहेको पुर्ण बहादुर लिम्बुलाई एक्कासि मृगौलामा समस्या देखा परेपछि ९ महिनादेखि लागातार हस्पिटल धाईरहेका छन् । हेर्नुस यो भिडियो जहा पुर्ण लिम्बु कमाउन गएकी श्रीमतीलाई सम्जिएर भक्कानिएका छन् ।

उनि भन्छन “हप्तामा दुइ पटक डाइलोसिस गर्नु पर्छ, हाल सम्म उपचारमा ७ लाख खर्च भैसक्यो” । उनकी श्रीमतिले कुबेतमा महिनाको ८० केडी कमाएको पैसाले अहिले सम्म धानेको छ तर पूर्ण बहादुर पूर्ण रुपमा ठिक हुन दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जसको लागि सरकारले ५ लाख छुट गर्दापनि अझै १३ लाख खर्च लाग्ने पुर्णको छोरी बताउछिन । न्युन वर्गको परिवार भएकोले यति धेरै रकम जुटाउन सक्ने क्षमता नभएपछि मिडियालाई गुहार्नु परेको पुर्णको बहिनिले सुनाईन । यो उपचार सम्भब भए काठमाण्डौ नत्र भारतमै जानुपर्ने उनि बताउछन ।

त्यति धेरै बोल्न पनि नसक्ने पुर्णले “बाच्न चाहान्छु तर म संग, मेरो परिवार संग त्यत्रो रकम छैन सबैले मिलेर मलाइ सहयोग गरिदिनुस” आखा भरि आशु पार्दै हामि संगको कुराकानीमा सुनाए । घरबाट हस्पिटल धाउन टाढा भएपछी हाल पूर्ण बहादुर इटहरी ४ मा आफ्नो बहिनि, छोरा र छोरी संग साहारा लिई कोठा भाडा गरि बस्दै आएका छन । यदि सहयोगी नेपालिहरुले पूर्णलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनको छोरी गङ्गा कुमारी लिम्बु को नाममा NIC ASIA मा रहेको बैंक एकाउन्ट 0487027779552401 मा जम्मा गर्न सकिनेछ । त्यस्तै पुर्णको अवस्था बुझ्दै आर्थिक सहयोग गर्न चाहनेहरुको लागि छोरी मोबाईल ९८१७३४३६१२ र बाहिनि को मोबाईल नबर ९८२९३५१२१९ मा सिधा सम्पर्क गरेर सहयोग हस्तान्तरण गर्न सक्नुहुनेछ । तपाईको सानो सहयोगले कसैलाई नया जिन्दगि मिल्छ भने सकेको सहयोग गर्नुहोला । मनकामना अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार