सुदूरपश्चिमको बजेट मन्त्रालयमै ‘होल्ड’
धनगढी — चालु आर्थिंक वर्षको चौथो तथा अन्तिम चौमासिक सुरु भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारका केही मन्त्रालयहरूले वार्षिक कार्यक्रम (रेड बुक) मा विनियोजित केही कार्यक्रमको बजेट आफैंले ‘होल्ड’ गरेर राखेका छन् । सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यक्रमहरूमा विनियोजित बजेट आफ्ना कार्यान्वयन कार्यालयमा अझै हस्तान्तरण गरेका छैनन् । […]