शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँका कुपोषित आमा र बच्चालाइ एनआरएन युकेको सहयोग

मुक्तिकोट गाउँका कुपोषित आमा र बच्चालाइ एनआरएन युकेको सहयोग

  • बुधबार, चैत्र ८, २०७९
मुक्तिकोट गाउँका कुपोषित आमा र बच्चालाइ एनआरएन युकेको सहयोग

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँका १७ जना कुपोषति आमा र बच्चालाइ सहयोग गरिएको छ । बडीमालिका मिडिया हाउसकाे समन्वयमा नगद रकम र बच्चालाइ लुगा सहयोग गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् ।

No description available.
मुक्तिकोट गाउँकि रेलि बिकले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएँको समाचार पछि मुक्तिकोट गाउँका कुपोषित आमालाइ सहयोग भएको हो । एनआरएन युकेले १ लाख ५७ हजार, हंकङ्ग बाट निलु अन्छाम्बु लिम्बु बाट १० हजार, भैरवाबाट राजु घिमिरे र संगिता घिमिरिले १५ हजार सहयोग गरेका छन् । त्यस्तै आशिर्मा गौतम र आर्शिवाद गौतमले १७ जना आमाका १९ जना बच्चालाइ लुगाकपडा सहयोग गरेका छन् ।

No description available.
रेलि बिकको परिवारलाइ ५३ हजार, १४ जना आमालाई ७ हजार ३ सयका दरले र दुइ जना आमालाइ ८ हजार ३ सय नगद सहयोग गरेको गाउँपालिकाले जनाएको छ । रेलि विकको समाचारामा कुपोषणको कहरमा रहेको जानकारी पछि एनआरएन युकेले सहयोग गरेको उपाध्यक्ष शकुन्तला गुरुङ्गले वताएकि छन् ।
एनआरएन युकेले कार्यक्रममा लाग्ने खाजा खर्च तथा खादा मालाको खर्च बचाएर अन्तराष्ट्रिय नारि दिवसका अवसरमा विकट बाजुराका दुर्गम गाउँका कुपोषित आमा र बच्चालाइ सहयोग गरेको अध्यक्ष सुनिल बाबु खडकाले वताएका छन् । समाचारले दुर्गममा कुपोषणको दयनिय अबस्था देखाएपछि थोरै भएपनि सहयोग गरेको वताईन् । मुक्तिकोट आधारभुक्त स्वास्थ्य चौकीले दिएको तथ्याङ्क अनुसार कुपोषित आमा र बच्चालाइ सहयोग गरेको नागरिक अगुवा पदम बहादुर सिंहले वताएका छन् ।

No description available.
रेलि विकको कुपोषणका कारणले दुध नआउने भएपछि उनको डेढ बर्षको छोरा कुपोषणको कहरमा रहेको थियो । उनले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएँको र ४ बचाउन नसकेको वताएकि छन् । सहयोग पाएपछि खुशी हुदै रेलि बिकले सहयोग मिल्दा कुपोषित बच्चा र आफुलाइ पोषण किनेर खानमा ठुलो सहयोग जुटेको वताईन् । मुक्तिकोटा गाउँमा मात्र कुपोषणमा धेरै आमा र बच्चा प्रभाबित रहेका छन् ।
बुधवार मात्र जिल्ला अस्पताल बाजुरामा ५ महिनाको बच्चा कुपोषणका कारणले मृत्यु भएको थियो । बुढिनन्दा नगरपालिका ६ बस्ने रमिता नेपालीको ५ महिनाको छोरा जनम नेपालीको कुपोषणका कारणले मृत्यु भएको अस्पताल बाजुरामा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले वताएकि छन् ।

No description available.
स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बैशाख यता ५ जना बालवालिकाको मृत्यु भएको छ । बाजुरामा बर्षेनी रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर ५ बर्ष मुनिका बालवालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

No description available.
यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्द वताउनु भयो । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

चर्चामा

सम्बन्धित समाचार