शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • स्ववियु निर्वाचन : बुढिन्नदा क्याम्पसकाे मतदान सुरु

स्ववियु निर्वाचन : बुढिन्नदा क्याम्पसकाे मतदान सुरु

  • आइतवार, चैत्र ५, २०७९
स्ववियु निर्वाचन : बुढिन्नदा क्याम्पसकाे मतदान सुरु

बाजुरा — त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  बाजुराकाे बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएकाे जनाएकाे छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जनाले मतदान गर्ने भएका छन ।

बुढिन्नदा क्याम्पसमा नेकपा एमाले समर्थक अनेरास्ववियु र सरकारमा रहेका गठबन्धनकाे उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएकाे छ । गठबन्धनका उम्मेदवारमा मनिसा घटालाकाे नेतृत्वमा बिभिन्न बिध्यार्थी संगठनकाे समर्थन रहेका छन भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा हुमिएकाे छ । अनेरस्ववियुकाे तर्फबाट केशर कुमार बाेहरा सभापती लगायतका उम्मेदवार रहेका छन ।

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।  प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

चर्चामा

सम्बन्धित समाचार