बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशनको तयारीमा

राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशनको तयारीमा

  • बुधबार, चैत्र ८, २०७९
राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशनको तयारीमा

बाजुरा — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाजुराको सातौँ जिल्ला अधिबेसन चैत १० र ११ गते हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल बाजुराले अधिबेशनको तयारीका लागि वडा कमिटि र पालिका स्तरका कमिटि गठन गठन गरेर जिल्लाको अधिबेशनको तयारीमा लागेको हो ।
चैत २७ गते देखी बाकेको नेपालगन्जमा हुने राष्ट्रिय महाधिबेशनका लागि जिल्लाको अधिबेशन गर्नुपर्ने भएकोले जिल्ला अधिबेशनमा जुटेको राष्ट्रिय युवा संघ नेपाल बाजुरा आयोजक कमिटिका सदस्य मिलनजंग अएडीले बताएका छन । चैत १० र ११ गते हुने जिल्ला अधिबेशनको खुल्ला सत्र जिल्ला खेलकुदको मैदानमा र बन्दसत्र नेकपा एमालेको पार्टी कार्यालयमा हुने आयोजकले जनाएको छ ।
अधिबेशनमा जिल्लाका नौ ओटा स्थानिय तहका ६९ वडाबाट एक एक जना र एक स्थानियबाट एक जना महिला सहित ३ जना प्रतिनिधीहरुले अधिबेशनमा भाग लिन पाउने आयोजकले जनाएको छ ।
अधिबेशनले नयाँ कार्यसमिति गठन हुने र सो अधिबेशनबाट केन्द्रीय प्रतिनिधी समेत छनौट गरिने राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला कमिटिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार