शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा संचालित प्रथम खप्तड मालिका महोत्सवको प्रदेश प्रमुख जोशीद्धारा उद्घाटन

बाजुरामा संचालित प्रथम खप्तड मालिका महोत्सवको प्रदेश प्रमुख जोशीद्धारा उद्घाटन

  • शुक्रबार, चैत्र ३, २०७९
बाजुरामा संचालित प्रथम खप्तड मालिका  महोत्सवको प्रदेश प्रमुख जोशीद्धारा उद्घाटन

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीमा  ३ गते बाट संचालन भएकाे प्रथम खप्तड मालिका   महोत्सवको उद्घाटन सुदूपश्चिमका प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । खप्तड मालिका युवा संजाल द्धारा आयोजीत प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्न प्रमुख जोशीले गरेका हुन ।

बाजुराकाे व्यापार,कृषि तथा पर्यटनका क्षेत्रहरु, स्थानीय उत्पादन र स्थानीय कला साँस्कृतिलाई विश्व सामु चिनाउनका लागि सो महोत्सवको आयोजना गरेको युवा संजालले जनाएकाे छ  । महोत्सवमा दुइ दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजाेड प्रस्तुति रहनुका साथै स्थानीय कलासँस्कृति र स्थानीय उत्पादनको प्रदर्शन गरिने भएको छ ।

No description available.

प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सवको नाम दिएर सञ्चालन भएकाे महोत्सव चैत्र १२ गतेसम्म सञ्चालन हुने छ । बाजुरा सदरमुकाम मार्तडीको ताली डिल कारागार क्षेत्रमा संचालित महोत्सवमा २० बढी जिल्ला बाहिर र दुई दर्जन जिल्ला भित्रका कलाकारले प्रस्तुती दिने बताइएको छ । यस्तै स्थानीय देउडा सँस्कृतिको जगेर्ना, भाषा साहित्यको प्रवद्र्धनमा समेत टेवा पुग्ने गरि महोत्सव सञ्चालन गर्न लागिएको जनाएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सहआयोजक रहेकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार