शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा चलेको निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविरमा ४८९१ जनाले सेवा लिए

बुढीगंगामा चलेको निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविरमा ४८९१ जनाले सेवा लिए

  • शुक्रबार, चैत्र ३, २०७९
बुढीगंगामा चलेको निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविरमा ४८९१ जनाले सेवा लिए

बाजुरा — बुढीगंगा नगरपालिकाले सञ्चालन गरेको निशुल्क विशषेज्ञ स्वास्थ्य शिविरमा ४ हजार ८ सय ९१ जनाले सेवा लिएका छन् । शिविर सञ्चालनको दुईदिनमा ३ हजार १ सय ३ जनाले नाम दर्ता गराएकोमा उपचार देखि परामर्श सेवा लिनेको संख्या ४ हजार ८ सय ९१ पुगेको हो ।

नगरपालिकाले विपन्न समुदायलाई लक्षित गरेर पालिका र आसपास क्षेत्रका स्थानीयलाई सेवा दिने गरि निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा ठुलो संख्यामा स्थानीयले सेवा लिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।
शिविर स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालय बाजुरासँगको सहकार्यमा बुढीगंगा नगरपालिकाले सञ्चालन गरिएको हो । १० प्रकारको उपचार सेवा दिइएको शिविरमा पहिलो दिन २ हजार २ सय ८५ जना र दोस्रो दिन २ हजार ३ सय ६ जनाले उपचार सेवा लिएको टाँटे स्वास्थ्य चौकी प्रमुख विष्णुप्रसाद जैशीले बताएका छन् ।

शिविरमा उपचार गराएका मध्ये १ सय १९ जनालाई रिफर गरिएको छ । भने आँखाको अप्रेशनका लागि १ सय ४ जना विरामीको पहिचान गरिएको छ । विरामी पहिचान गरिएकाहरुलाई लक्षित गरि बैशाखमा शिविर सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ । शिविरमा १९ जनाको पाठेघरको मुखको संक्रमण देखिएका विरामी भेटिएकोले थप उपचारका लागि रिफर गरिएको छ । आर्थिक अभावकै कारण रोग पालि बसेका गरिब विपन्न समुदायलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविर सञ्चालन पछि वर्षौ देखिएको समस्या लुकाएर बसेका बिशेष गरि महिला तथा वृद्धवृद्धालाई फाइदा पुगेको नगरपालिकाले विश्वास लिएको छ । शिविरमा बुढीगंगा नगरपालिका बाहेक छिमेकी त्रिवेणी, खप्तड छेडेदह, गौमुल, बडीमालिका लगायतका पालिकाबाट पनि उपचारका लागि विरामी आएका थिए । सेवा लिनेको संख्या जिल्लामा सञ्चालन भएका शिविर मध्ये हालसम्मकै बढी देखिएको छ । शिविरमा १० जना बढी बिशषेज्ञ डाक्टर सहीत ४० जना र पालिकाका स्वास्थ्य कर्मीले सेवा दिएका हुन् ।

शिविरमा जनरल फिजिसिय, स्त्री रोग विशषेज्ञ, बाल रोग, दन्त रोग, नाक कान र घाँटी, हाडजोर्नी, नशा, छाला रोग सम्बन्धी सेवा दिइएको टोली संयोजक रामबहादुर मल्लले बताएका छन् । शिविरमा नाबालक शिशुदेखि ९० वर्ष उमेर कटेका वृद्धवृद्धा पनि सहभागि भएका थिए । जनतालाई प्रत्यक्ष लाभ हुने शिविर सञ्चालन गरेकोमा स्थानीय खुसी देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार