बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • स्ववियूको निर्वाचनमा पनि खुकुरीसहित आउछन् बाजुराका विद्यार्थी !

स्ववियूको निर्वाचनमा पनि खुकुरीसहित आउछन् बाजुराका विद्यार्थी !

  • मङ्लबार, चैत्र ७, २०७९
स्ववियूको निर्वाचनमा पनि खुकुरीसहित आउछन् बाजुराका विद्यार्थी !

बाजुरा–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच आइतवार झडप भयो।

नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट बाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको हो। स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएकाले निर्वाचन स्थगित गरिएको छ। विद्यार्थी खुकुरीसहित निर्वाचन स्थलमा आएका हुन्। स्थानीयले विद्यार्थीहरु बिच खुकुरी हानाहान भएको बताए पनि प्रहरीले खुकुरीसहित आएको मात्र जानकारी पाएको बताएको छ। उत्त क्याम्पसका फर्निचरमा क्षति भएको छ। क्याम्पसका अन्य भौतिक सामाग्रीसमेत तोडफोड भएको प्रहरीले बताएको छ। विद्यार्थीहरु बिचमा ढुंगा हानाहान भएको थियो। ५०/६० जना विद्यार्थी घाइते भएका छन्।

मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गरेको थियो। प्रहरीका अनुसार उक्त समयमा एक मोटरसाइकलमा आगो लगाइएको छ। दुई वटा मोटरसाइकल सडकबाट तल फालिएको छ। विद्यार्थीहरुले नगरपालिकाको भवनमा तोडफोड गरिएको छ। उनीहरुले नगरपालिकाको प्रवेश द्धवारमा समेत क्षति गरेका हुन्। अनेरास्ववियूले मतगणना गर्न माग गरेको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा समेत बाजुरामा झडप भएको थियो। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा दुई जनाको मुत्यु भएको थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जीव अयडी र कुटपिटबाट चेतन अयडीको मृत्यु भएको थियो। चेतन अनेरास्ववियूका स्थानीय नेता थिए। कांग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको बताइएको थियो।

सञ्जीवको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। सञ्जीवको मृत्युपछि आवेगमा आएका कांग्रेस कार्यकर्ताले चेतनलाई घरमा गएर कुटपिट गरेका थिए। मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार