बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बुढिनन्दा क्याम्पसमा नेबिसघं र अनेरास्ववियु बिच झडप,प्रहरीद्धारा २४ राउण्ड हवाई फाएर

बुढिनन्दा क्याम्पसमा नेबिसघं र अनेरास्ववियु बिच झडप,प्रहरीद्धारा २४ राउण्ड हवाई फाएर

  • आइतवार, चैत्र ५, २०७९
बुढिनन्दा क्याम्पसमा  नेबिसघं र अनेरास्ववियु बिच झडप,प्रहरीद्धारा  २४ राउण्ड हवाई फाएर

बाजुरा — त्रिभुवन विश्वविद्यालय अन्तरगत (स्ववियु) निर्वाचन बाजुराकाे बुढिनन्दा क्याम्पसमा दुई बिध्यार्थि संगठन बिच झडप हुदा प्रहरीले २४ राउण्ड हवाई फाएर गरेकाे छ । झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर भिड नियन्त्रण गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बाेहाेराले बताएका छन । हवाई फाईर पछि पुन संचालन भएकाे मतदान २ घण्टादेखि स्थगित गरिएकाे छ । नेविसंघ लगायतकाे गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खाेज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेकाे प्रहरी प्रमुख बाेहराले बताए । अहिले सम्म ४ सय १२ मतदाता रहेकाे बुढिन्नदा क्याम्पसमा २ सय ५३ मत खसेकाे जनाएकाे छ । पुन मतदानका लागि सयुक्त गठबन्धन र अनेरास्ववियु बिच बैठक बसिरहेकाे क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  बाजुराकाे बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएकाे केही घण्टामा झडप भएकाे जनाईएकाे छ । मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएकाे र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन । दुई घण्टा देखि मतदान राेकिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार