शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहकाे डाेगडीमा ३ बर्षमा २७ जना बच्चा कुपोषीत

खप्तड छेडेदहकाे डाेगडीमा ३ बर्षमा २७ जना बच्चा कुपोषीत

  • सोमवार, चैत्र ६, २०७९
खप्तड छेडेदहकाे डाेगडीमा ३ बर्षमा २७ जना बच्चा कुपोषीत

टेक बहादुर बुढा/ बाजुरा — बाजुराकाे खप्तड छेडेदह गाउँपालिका ५ मा रहेकाे डाेगडी स्वास्थ्य चाैकीमा तीन बर्षकाे समयमा २७ जना बच्चाहरुमा कुपोषणकाे संक्रमण देखिएको छ । आर्थिक बर्ष ०७७/ ७८ मा ८ जना बच्चाहरुमा कुपोषण देखिएको डाेगडी स्वास्थ्य चाैकीका ईन्चार्ज दल बहादुर रावतले बताएका छन । त्यस्तै आर्थिक बर्ष ०७८/७९ मा १३ जना मा कुपोषणकाे संक्रमण देखिएको छ भने ०७९ / ८० काे फागुन मसान्तसम्म ६ जना बच्चाहरुमा कुपोषण देखिएकाे स्वास्थ्य चाैकी ईन्चार्ज रावतले बताए ।

त्यस्तै स्वास्थ्य चाैकीबाट आर्थिक बर्ष ०७७/७८ काे एक बर्षमा एक बर्षिया बालिका किस्ना रावतलाई जटिल कुपोषण भएकाले थप उपचारको लागि जिल्ला सदरमुकाम मार्तडी रेफर गरिएको इन्चार्ज रावतले बताएका छन । । कुपोषण देखिएका बच्चाहरुलाई पैचालीस दिन सम्म अौषधी खुवाउने गरेकाे र उक्त दिनसम्म उपचार नभएमा थप उपचारको लागि बाहिर रेफर गर्नु पर्ने उनलेे बताए ।

यस तथ्यांक अनुसार गाउँघरमा धेरै कुपोषित भएका बच्चाहरु हुन सक्ने भएतापनि जनचेतनाकाे कमीका कारणले अस्पतालमा आउनेहरुकाे सङ्ख्या घट्दाे रहेको इन्चार्ज रावतले बताए । प्रायः कुपोषणकाे संक्रमण छ महिना देखि पाँच बर्षसम्मका बच्चामा देखा पर्ने उनले बताए । इन्चार्ज रावतले भने डाेगडी स्वास्थ्य चाैकीमा धेरैजसाे कुपोषण हुनेमा अधिकांश दुई बर्ष मुनिका बच्चाहरु रहेका बताए ।

पाेषण युक्त खानाकाे कमि, छ महिनासम्म आमाले स्थनपान नगर्नाले जस्ता थुप्रै कारणले बच्चाहरुमा कुपोषण देखिने गर्छ । आमाले बच्चालाई छ महिना सम्म नियमित स्थनपान नगराउदा बच्चाहरुमा जटिल खालको कुपोषणकाे जाेखिम हुने उनले बताए । बच्चालाई छ महिनासम्म निरन्तर स्थनपान गराउने, नियमित पाेषणयुक्त खाना खुवाउने र लगातार स्वास्थ्य चेकजाँच गर्दा जटिल खालकाे कुपोषण बाहेक सामान्य कुपोषण भएका बच्चाहरुलाई घरमै उपचार गर्न सकिने स्वास्थ्य इन्चार्ज रावतले सुझाव व्यक्त गरेका छन ।
डाेगडी स्वास्थ्य चाैकीमा गाउँपालिकाकाे वडा नंः ४, ५ र ३ का बिरामीहरु चेकजाँच तथा उपचारका लागि आउने गरेका छन । गाउँपालिकाकाे वडा नंः ३ मा स्वास्थ्य क्षेत्रकाे विस्तार नहुँदा र भाैगाेलिक बिकटताले गर्दा त्याँहा स्वास्थ्य अवस्था निकै कमजोर रहेकाे स्वास्थ्य कर्मीहरुले बताएका छन । वडामा प्रसुती सेवा तथा अन्य सामान्य चेकजाँचका लागि पनि करिब तीन घण्टा हिडेर अस्पताल जानू पर्ने बाध्यता रहेको त्याँहाका स्थानीयहरुले बताएका छन ।

वडामा प्रसुती सेवा सुचारु भएता पनि धेरैजसाे महिलाहरूले घरमै बच्चा जन्माउने गरेका र कतिपय महिलाहरु सुविधायुक्त स्वास्थ्य संथामा जाने गरेका छन । डाेगडी स्वास्थ्य चाैकीका इन्चार्ज दल बहादुर रावतले भने वडा नंः ३ मा स्वास्थ्य सेवा सुधार गर्न तथा आम नागरिकहरूमा जनचेतना फैलाउन टाेलटाेलहरुमा स्वास्थ्य स्वयंसेवीलाई खटाउनु पर्ने बताए । उक्त वडामा प्रसुती सेवामा पनि निकै समस्या र कमजोर भएकाले वडाका धनाल्त, गुदु र पुडावालामा उक्त सेवाकाे व्यवस्था गर्नु पर्नेमा इन्चार्ज रावतले जाेड दिएका छन । खप्तड छेडेदह भरि नै स्वास्थ्य अवस्था निकै कमजोर भएकाले स्वास्थ्य संस्थाहरुकाे विकास गर्न र आम नागरिकहरुमा जनचेतना बढाउन सबैले ध्यान दिनुपर्ने सराेकारवालाहरुले जाेड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार