शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा कुपोषणले ५ महिनाको बच्चाको मृत्यु

जिल्ला अस्पताल बाजुरामा कुपोषणले ५ महिनाको बच्चाको मृत्यु

बाजुरा ४८ प्रतिशत बालवालिकामा कुपोषण

  • मङ्लबार, चैत्र ७, २०७९
जिल्ला अस्पताल बाजुरामा कुपोषणले ५ महिनाको बच्चाको मृत्यु

बाजुरा–जिल्ला अस्पताल बाजुरामा ५ महिनाको बच्चा कुपोषणका कारणले मृत्यु भएको छ । बुढिनन्दा नगरपालिका ६ बस्ने रमिता नेपालीको ५ महिनाको छोरा जनम नेपालीको कुपोषणका कारणले मृत्यु भएको अस्पताल बाजुरामा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले वताएकि छन् ।
रमिताले अस्पताल बाजुरामा रहेको पोषण पुर्नस्थापना केन्द्रमा ९ दिन पहिला कुपोषणका लागि छोरालाइ उपचारमा भर्ना गराएकि थिइन । कडा कुपोषणमा रहेकाले बच्चा बचाउन नसकेको सुनारले वताएका छन् ।
डेढ महिना पहिला पनि कुपोषणको उपचार गर्न पोषण पुर्नस्थापनामा राखिएको थियो । डेढ साता उपचार पछि सामान्य अबस्था भएको भन्दै स्वास्थ्यकर्मीले घर पठाएका थिए । पुन कडा कुपोषणको शिकार भएपछि उपचारमा ल्याएका थिए । अन्तिम अबस्थामा अस्पतालमा पुयाएकाले बच्चा बचाउन नसकेको स्वास्थ्यकर्मीले वताएका छन् ।
जनम त अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएका छन् । उता स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बैशाख यता ५ जना बालवालिकाको मृत्यु भएको छ । बाजुरामा बर्षेनी रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।
दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानियको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् । बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरै पक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले र्नै कुपोषण त भयावह हुने नै भयो ।’
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर ५ बर्ष मुनिका बालवालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।
यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्द वताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।
यसबाहेक धेरै आमाहरुमा पाठेघरको समस्या देखिएको छ । असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएकाले यो समस्या देखिएको हो । धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या रक्तअल्पता हो । कुपोषण बर्षेनी बालवालिकाको मृत्यु हुने भएपनि राज्यको कुपोषण न्युनिकरणमा खासै लगानि भएको पाइदैन् ।

चर्चामा

सम्बन्धित समाचार