शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • ‘मिसन ग्रासरुट’ बाजुराका गाउँगाउँमा एमालेकाे अभियान

‘मिसन ग्रासरुट’ बाजुराका गाउँगाउँमा एमालेकाे अभियान

  • शनिबार, चैत्र ४, २०७९
‘मिसन ग्रासरुट’ बाजुराका गाउँगाउँमा एमालेकाे अभियान

बाजुरा — नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत संगठन सुदृढीकरण अभियानमा जुटेको छ । अभियानमा  नेकपा एमाले बाजुराका सबै नेता कार्यकर्ता यतिबेला गाउँ बस्तीमा रहेका छन् । फागुन १७ गतेबाट औपचारिक कार्यक्रम सुरुवाद गरेको नेकपा एमाले बाजुराले त्यसैदिन देखि निरन्तर अभियान जारी राखेको छ । पार्टी केन्द्रीय कमिटीले खटाएका केन्द्रीय नेताहरु राजेन्द्र रावल, यज्ञ बोगटी, गोविन्द्र कुँवर सहीत प्रदेश कमिटीका तीन दर्जन बढी नेताहरु र सिंगो जिल्ला कमिटी अभियानमै सक्रिय देखिएको पार्टी सचिव भरत थापाले बताएका छन् ।

१ सय ३१ जना बढीको सिंगो जिल्ला कमिटी, पार्टी जनसंगठनका नेताहरु, पालिका कमिटीका प्रमुख सहीतका पदाधिकारी र गाउँ तहका सबै नेता कार्यकर्ता अभियानमै सक्रिय देखिएका छन् । ६९ वटा वडामा नै एमाले नेता कार्यकर्ता पुगेका छन् । सबै पालिका र वडाहरुमा एक साथ सबै नेता कार्यकर्ता पुगेर कार्यकर्ता भेटघाट तथा संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियान चलाइरहेका छन् ।

प्रशिक्षण दिने, सदस्यता नविकरण र नयाँ सदस्यता आवेदन फारम भर्ने, जनताका गुनासा सुन्ने र विकास निर्माणको अवस्था बारे जानकारी लिई, आवश्यकताका योजना र समस्या संकलन गरि सम्बन्धी निकायलाई बुझाउने जस्ता गतिविधी सञ्चालन भइरहेका छन् ।

मिसन ग्रासरुट अभियान नै कार्यकर्ता स्तरमा नयाँ उर्जा पैदा भएको केन्द्रीय अनुशासन आयोग सदस्य गोविन्द्र कुँवरले बताएका छन् । कुँवर नेतृत्वको टोली बडीमालिका र गौमुल गाउँपालिकामा खटिएको हो । उहाँले मजदुरी गरेर पनि सदस्यता लिने र नविकरण गर्ने गरेको देख्दा आफू नै एमाले प्रतिको आकर्षण देखेर आश्चर्य चकित भएको बताएका छन् ।

मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । शाही स्वय कोल्टी क्षेत्रमा खटिएका छन् । पार्टी जिल्ला कमिटीका नेताहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, पार्टी जनसंगठनका सबै पदाधिकारी अभियानका मोर्चामा खटिएको देखेपछि कार्यकर्ता र शुभेच्छुकहरुमा पनि थप उत्साह र उर्जा देखिएको छ ।

फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने देशव्यापी लक्ष्य राखेको एमालेले सहित अभियानमा जुटेको हो । दुई महिनाभित्र गरिने कार्यक्रमको योजना तयार गरि सोही अनुसार अभियान सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एवं पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले निर्देशन समेत दिएका थिए । गाउँमा जाने, जनताकै घरदैलोमा एमालेको नीति, सिद्धान्त, विचार र आदर्श बारे जानकारी दिने, उहाँहरुका कुरा सुन्ने, वर्तमान विकसीत राजनीतिक घटनाक्रम, एमालेको भूमिका, देशी विदेशी हस्तक्षेप र एमालेको आवश्यक बारे सविस्तार प्रशिक्षण दिने र संगठनमा आवद्ध गराउने अभियान नै मिसन ग्रासरुट भएकोले सोही अनुसार सबैले काम गर्ने गरेको पार्टी प्रदेश कमिटी सचिवालय सदस्य सृष्टी रेग्मीले बताएकी छन् ।

नेकपा एमालेले २ महिना पार्टी कार्यकर्तालाई सबै वडा टोल, बस्ती र पालिकासम्म पुग्ने र संगठन सुदृढीकरण तथा विस्तार अभियान सफल पार्न निर्देशन दिएको छ । पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुलाई पनि आफ्नो बाहेकको पालिकामा खटेर जनतासँगै छलफल, भेटघाट तथा संगठन निर्माणको काममा खटिन जिम्मेवारी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार