शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • ३ बर्षपछि बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

३ बर्षपछि बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

  • मङ्लबार, चैत्र ७, २०७९
३ बर्षपछि बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

पदमबहादुर सिंह– जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि आएका एमडीजीपी डाक्टर २ महिना नपुग्दै सरुवा भएर गएका छन् । दुइ महिना नबित्दै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभाबित हुने भएको छ ।
तीन बर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडीजीपी डाक्टर बिहिन रहेको थियो । गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर जिल्ला अस्पताल बाजुरामा हाजिर भएका थिए । डाक्टर प्रेरित देवकोटा सरुवा भएर आएको २ महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते सरुवा गरेपछि गएका छन ।
डाक्टर देवकोटालाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो । डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरा एमडीजीपी चिकित्सक बिहीन बनेको छ । ३ बर्ष अघि निक साईमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले सेवा दिदै आएका थिए । महर्जनको सेवा अवधि सकीएपछि तिन बर्ष पहिला छोडेर गएका थिए ।
डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे बिबाद सुरु भएको थियो । डाक्टर देवकोटा आउन पहिले मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए । देवकोटा मिलन भन्दा एक तह माथि भएकाले कार्यालय प्रमुख भए । तर मिलन जोशी र केही ब्यक्तिले देवकोटालाइ सरुवा गर्न मन्त्रालयमा राजनितिक देखी हरप्रयास गरेका थिए ।
देवकोटा कार्यालय प्रमुख भएपछि आफु कार्यालय प्रमुख बन्न मेडिकल अधिकृत्त जोशीले राजनैतिक दवाव दिदै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की नै देवकोटाको सरुवाको लागि मन्त्रालय गएका समाचार तथा सामाजिक संजालमा आलोचना भएको थियो । आलोचना पछि फागुन ११ गते पत्रकार सम्मेलन मार्फत आफु डाक्टर सरुवाको लागि मन्त्रालय नगएको अध्यक्ष कार्कीले बताएका थिए । पत्रकार सम्मेलनको ठिक १४ दिन पछि डाक्टर देवकोटाको सरुवा पत्र आएको थियो । यो अर्थमा पनि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कार्की नै २ महिनामा डाक्टर सरुवा गर्नेमा संलग्न भएको हुनसक्ने पुष्टि हुन्छ ।
जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्की डाक्टर सरुवा भएपनि उहालाई बाजुरा बस्ने वातावरण मिलाएको थिए उनलाई रमना नलिनु भनेर सल्लाह भएको थियो । आफैले कुनवेला रमाना लिएर गएको वताए । डाक्टर देवकोटा गएपनि हप्ता दिन भित्रै एमडीजीपी डाक्टर ल्याउने कार्कीले बताएका छन् ।
देवकोटाले बाजुरा आउदा भनेका थिए दुर्गम बाजुरामै काम गर्ने भनेर बाजुरा आएको हु, कम्तिमा १ बर्ष सम्म भएपनि बाजुरामा सेवा गर्ने वताएका थिए । बस्ने वाताबरण मिले लामो समय सम्म बस्ने उनले वताएका थिए । मन्त्रालयले सरुवा गरेपछि उनि बाजुरा छोडेर जान बाध्य भएका हुन् ।
तिनबर्ष देखी जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता नियमित नै भएको छ । एमडीजिपि चिकित्सक नहुदा सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहदै छ ।
एमडीजिपिको अबधारणा दुर्गमका अस्पतालका लागि हो, तर दुर्गममा  सकरकारले पठाउन नै नमान्ने गरेको पाईएको छ, पठाएपनि दुइ/तिन  महिनामा सरुवा गर्ने गरेकाे छ । जिल्लामा एमडीजिपि हुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार