शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ३ ओटै क्याम्पसमा अनिश्चित तालबन्दी

बाजुराका ३ ओटै क्याम्पसमा अनिश्चित तालबन्दी

  • मङ्लबार, चैत्र ७, २०७९
बाजुराका ३ ओटै क्याम्पसमा अनिश्चित तालबन्दी

बाजुरा — बाजुरा जिल्लामा रहेका ३ ओटै क्याम्पसमा तालाबन्दी गरिएका छन । स्ववियू निर्बाचन आए संगै बिद्यार्थी नेताहरुले तालबन्दी गरेका हुन । जिल्लाको तल्लो क्षेत्रमा रहेको सुदुर पश्चिम बिस्वबिद्यालयको आङिक क्यामपसको रुपमा रहेको बडिमालिका क्याम्पसबाट तालाबन्दी गर्न सुरु गरिएको हो । अनेरास्ववियुले बिद्यार्थी भर्नामा नेबिसंघले हाली मुहाली गरेको भन्दै बडिमालिका क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा तालाबन्दी भएको र कहिले खोलिने भन्ने बिषयमा अनिश्चित बनेको क्याम्पसले जनाएको छ ।
त्यसै गरी सुदुर पश्चिम बिश्वबिद्यालय अन्तरगत आङिक क्याम्पस बाजुरा क्याम्पसमा पनि तालाबन्दी गरिएको छ । बाजुरा क्याम्पसमा नेबिसघं बाजुराले तालाबन्दी गरेको हाे । बिद्यार्थी भर्नाको बिषयलाई लिएर बाजुरा क्याम्पसमा तालाबन्दी गरेको नेबिसंघले जनाएको छ ।
त्यसै गरी जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको बुनिन्दा क्याम्पस पनि सोमबार देखी तालाबन्दी गरिएको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत रहेको बुढिनन्दा क्याम्पसमा ५ गते भएको स्ववियू निर्बाचनमा धादली भएको र पुन मतदानको माग सहित नेबिसघ लगायतका सरकारको गठबन्धन दलका बिद्यार्थी संगनहरुले तालाबन्दी गरेको जनाएको छ ।
यहि ५ गते भएको मतदानमा नेकपा एकिकृत समाजबादीको बिद्याथी संगठन अनेरास्वबियू, नेबिसघ लगायत अनेरास्वबियु बिच धादली भएपछि मतदान स्थगित भएको मतदानको माग सहित क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार