• होमपेज
  • बाजुरा बिशेष
  • बुढिनन्दा क्याम्पसमा  नेबिसघं र अनेरास्ववियु बिच झडप, प्रहरीद्धारा हवाई फाएर

बुढिनन्दा क्याम्पसमा  नेबिसघं र अनेरास्ववियु बिच झडप, प्रहरीद्धारा हवाई फाएर

  • आइतवार, चैत्र ५, २०७९
बुढिनन्दा क्याम्पसमा  नेबिसघं र अनेरास्ववियु बिच झडप, प्रहरीद्धारा हवाई फाएर

बाजुरा — त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराकाे बुढिनन्दा क्याम्पसमा दुई बिध्यार्थि संगठन बिच झडप भएकाे छ । झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले अश्रु ग्यास र  हवाई फाएर गरेर भिड नियन्त्रण गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बाेहाेराले बताएका छन । के कति राउण्ड चल्याे भन्ने बिषयमा जानकारी आउन बाकिँ रहेकाे प्रहरी प्रमुख बाेहराले बताएका छन् ।  भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेकाे प्रहरी प्रमुख बाेहराले बताए ।  त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  बाजुराकाे बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएकाे केही घण्टामा झडप भएकाे जनाईएकाे छ । मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएकाे र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ ।  बुढिन्नदा क्याम्पसका ४ सय १२ जनाले मतदान गर्ने भएका छन ।

चर्चामा

सम्बन्धित समाचार