बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगर पालिकाको कार्यलयमा तोडफोड, जिल्लाबाट थप शुरक्षा पठाइयाे

बुढिनन्दा नगर पालिकाको कार्यलयमा तोडफोड, जिल्लाबाट थप शुरक्षा पठाइयाे

  • सोमवार, चैत्र ६, २०७९
बुढिनन्दा नगर पालिकाको कार्यलयमा तोडफोड, जिल्लाबाट थप शुरक्षा पठाइयाे

बाजुरा — नेविसंघका कार्यकर्ताले बुढिनन्दा  नगरपालिकाकाे कार्यालयमा ताेडफाेड गरेका छन् । जिल्लाबाट थप सुरक्षा समेत पठाएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । नगरपालिकाकाे  मुल ढाेका पछाडिकाे सबै भाग ताेडफाेड गरी क्षति भएकाे नगरपालिकाले जनाएकाे छ ।  आईतबार दिउसाेँ (स्ववियु) निर्वाचनका क्रममा स्थिति तनावग्रस्त भएकाे र साझतिर नगरपालिकाकाे भवनमा ढुगांमुढा प्रहार गरी क्षेती गराएकाे बुढिनन्दा नगरपालिकाले जनाएकाे छ । आइतबार राति  थप घटना घट्न सक्ने भन्दै कर्फ्यु समेत  लगाएकाे थियाे ।  चुनाव स्थगित लगत्तै  आक्रोशित भिडले नगरपालिकाकाे तीन वटा माेेटरसाइकलमा आगजनीकाे प्रयास गरेकाे नगरपालिकाले जनाएकाे छ ।

नेविसंघ लगायतकाे गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खाेज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर समेत गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।  आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराकाे बुढिन्नदा क्याम्पसमा मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएकाे र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन । ३ बजेपछि मतदान राेकिएकाे छ । साेमबार बिहान जिल्लाबाट थप शुरक्षा समेत पठाइसकेकाे सुरक्षा समितिले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार