शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • आलु उत्पादन बढाउन कृर्षि पाठशाला

आलु उत्पादन बढाउन कृर्षि पाठशाला

  • शुक्रबार, चैत्र ३, २०७९
आलु उत्पादन बढाउन कृर्षि पाठशाला

पदमबहादुर सिंह — बडिमालिका नगरपालिका ७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ । ढम्कने गाउँमा १ सय बढी घर परिवार छन् । त्यहाका सबैको आम्दानीको मुख्य श्रोत भनेको आलु हो ।
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खपर, जगन्नाथ र हिमाली गाउपालिका लगाएत कर्णाली प्रदेशका हुम्ला मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहको आवत जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउका स्थानिय पुर्खौ देखी बटुवालाई आलुका परिकार बेचेर आन्दानीको श्रोत बनाई रहेका थिए ।
पछिल्लो समय सडक यातायातले आवत जावत गर्ने गाडीमा जान थालेपछि आलु बजारीकरणमा समस्य हुने गरेको कृर्षक खडक धामीले बताए । पुरानो परम्परागत शैलीले आलु रोप्दा सोचेजस्तो नफल्ने हुँदा बजारीकरण गर्न पनि समस्य हुने गरेको र उत्पादन र मेहनत अनुसारको आम्दानी नहुने धामीले बताए ।
बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार ढक्कनेका स्थानियलाई आलुमा आत्मनिर्भर बनाउन कृर्षि पाठशाला संचालन गरेको बताए । गएको मंगलबार कृर्षि ज्ञान केन्द्र बाजुराले दक्ष प्राबिधिक ल्याएर किसानको खेतबारीमै आलु लगाउनु बिधि सिकाएको कृर्षि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए ।
आलुको जात पहिचान गर्ने र विउ प्रमाणिकरणका लागि आलुको अनुसन्धान, आलु वालिमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोष्ट मल बनाउने तरिका, आलुका प्रजाती, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाईएको अध्यक्ष धर्मराज पाध्यायले बताए ।
ढम्कनेका कृषकहरुले वर्षेनी आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादनमा आगामी वर्षहरुमा वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले बाजुरा जिल्लाका भिन्न भिन्न ३० ठाउँबाट आलुका विउ संकलन गरी कृषकहरुको खेतबारीमै कृषक पाठशाला संचालन गरेर लगाईएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरीप्रसाद पनेरुले बताएका छन् । आलु धेरै फलेपनि बजारी करण नहुने ढम्कनेको आलु २०७६ कार्तिकमा आलु महोत्सव नै गरेका थिए ।
महोत्सव पश्चात ढम्कनेको लागु पोखरा, काठमाण्डौ, धनगढी लगाएतका शहरहरुमा बजारीकरण हुन थालेको छ । यसरी देशका ठुला शहरमा आलुको माग भएपछि स्थानियहरु आलु खेतीमा हौसियका छन् । हाल ढम्कनेमा १ जना किसानले २० देखी ६० कुईन्टलसम्म आलु फलाउने गरेकाे  छन भने कृर्षि पाठशाला पछि उत्पादन पढ्ने बिश्वार रहेको वडा अध्यक्ष पाध्यायले बताए ।
आलु उत्पादन गरेर बजारीकरण भन्दा पनि किसानलाई आलुका परिकारहरु बनाउने तालिम दिएर बिभिन्न परिकार बनाएर बजारी करण गर्ने गरि नगरपालिकाले आलु खेतिमा लगानी गर्ने वडा अध्यक्ष पाध्यायले बताए । आलुका परिकारमा आलु चिप्स, मम, खिर सोमसा पकौडा लगाएत ३० ओटा परिकार बनाउने गरि आम्दानीको श्रोत बनाउने उद्देश्य रहेको वडाअध्यक्ष पाध्यायले बताए । कृर्षि पाठशाला नियमित ३ बर्षसम्म संचालन गरेर ढम्कनेको आलुलाई ब्राण्डीङ गरिने उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार