बढीमालिकाको रोमाञ्चक यात्राः नपुग्नेले गुमाउने, पुग्नेलाई बाचुञ्जेल आनन्द
बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बढिमालिका जाने पूर्व तयारी थियो । अहो, दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँडडूल पनि बन्द भयो । बढिमालिका जाने रहर यत्तिकै […]