सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ६ का नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण

बडीमालिका ६ का नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण

  • मङ्लबार, जेष्ठ १०, २०७९
बडीमालिका ६ का नवनिर्वाचित जनप्रतिनिधिले गरे पदभार ग्रहण

बाजुरा — बैसाख ३० गतेको स्थानीय तह नर्वाचनबाट निर्वाचित बडीमालिका नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित कृष्ण खड्काले सोमबारबाट वडा अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
६ नं.वडाका निर्वतमान वडा अध्यक्ष , वडामा नवनिर्वाचित जनप्रतिनिधि र वडाका सम्मपुणर् स्थानीयहरुको सहभागीमा वडामा एक औपचारिक कार्यक्रम गर्दै नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्दै यस अघिको वडाका जनप्रतिनिधिलाई विदाई गरेको छ ।
स्थानीय तहको निर्वाचनमा बडीमालिका ६ मा नेकपा एमालेबाट वडा अध्यक्षमा कृष्ण खड्का सदस्य परे बडुवाल, बिमला बडुवाल, प्रेम बडुवाल र दलित महिला सदस्यमा मिना बि.क गरी पाँच जना निर्वाचित भएका थिए ।
पदभार ग्रहण गर्दै वडा अध्यक्ष लगायतको नवनिर्वाचित वडाका जनप्रतिनिधिले वडाको समग्र विकास, स्वाथ्य ,शिक्षा, रोजगार ,लगाएतका सम्पुणर् वडा बासीहरुको बृद्धि बिकासका कामहरुलाई विशेष ध्यान दिने बताएका छन् । सुन्दर र विकसित,जनचेतना मुलक वडा बनाउन विशेष पहल गर्ने समेत उनीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार