सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा फिस्टुला अन्त्यका लागि अन्तराष्ट्रिय दिवस बिबिध कार्यक्रम गरी मनाईयो

बाजुरामा फिस्टुला अन्त्यका लागि अन्तराष्ट्रिय दिवस बिबिध कार्यक्रम गरी मनाईयो

  • सोमवार, जेष्ठ ९, २०७९
बाजुरामा फिस्टुला अन्त्यका लागि अन्तराष्ट्रिय दिवस बिबिध कार्यक्रम गरी मनाईयो

बाजुरा — बाजुरामा पनि फिस्टुला अन्त्यका लागि अन्तराष्ट्रिय दिवस बिबिध कार्यक्रम गरी मनाईएको छ । जिल्ला अस्पताल बाजुराको समन्वय तथा आईएनएफ नेपालको आयोजनामा सो दिवस मनाईएको हो ।
दिवसको अवसरमा फिस्टुला रोग न्युनिकरण तथा रोकथामका उपायका बारेमा अन्तरकृया कार्यक्रमको आयोजना गरि मनाईएको थियो । गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जाने भएकाले यसलाइ नलुकाएर चाडै उपचार हुने अन्तकृया कार्यक्रममा मार्फत जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाशराज जोशीले बताए । कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ यो भिन्न-भिन्न प्रकार वा प्रकृतिको बिरामी देखीएमा जिल्ला अस्पतालमा आउन डाक्टरले अुनरोध समेत गरेका छन । फिस्टुलाको उपचार कणर्ाली प्रादेशीक अस्पतालमा निशुल्क हुने गरेको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।
आइएनएफ नेपालका परियोजना अधिकृत खेमराज मिश्रको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला अस्पताल बाजुराका डाक्टर मिलन जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा आईएन एफ नेपालका परियोजना संयोजक राजेश राईले कार्यक्रमका बारेमा सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन आइएनएफ नेपाल बाजुराका कर्मचारी भेषराज पाध्याले गरेका थिए । कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर, खोप समन्वय समितिका पदाधिकारी टोल सुधार समिमितका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

फिस्टुलाका केही प्रकारहरु हुन्छन् । तर, यसका सबैभन्दा प्रचलित प्रकार हो एनल फिस्टुला । एनल फिस्टुला एउटा सानो नली समान हुन्छ । जुन आन्द्राको अन्त्यको भागलाई गुद्वारको नजिकैको छालासँग जोडिदिन्छ । यो साधारणतया त्यो बेला हुन्छ, जब कुनै संक्रमण सही तरिकाले ठिक भएको हुँदैन । अधिकांश एनल फिस्टुला तपाईंंको गुद्द्वारको नलीमा पीप जम्मा भएर हुन्छ । उक्त पीप छालाबाट आफैं पनि बाहिर निस्कन्छ अथवा यसका लागि शल्यक्रियाको आवश्यकता पनि पर्न सक्दछ । एनल फिस्टुला त्यो बेला हुन्छ । जब पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुन्छ अथवा त्यो राम्ररी ठिक भएको हुँदैन ।

यसको लक्षणहरुमा दुःखाई, सुजन, सामान्य रुपमा दिसामा देखिने परिवर्तन तथा गुद्वारमा हुने रक्तश्राप आदि हुन् । यसको परीक्षणका लागि डाक्टरले तपाईंको एउटा शारीरिक परीक्षण गर्दछन्, जसमा तपाईंंको गुद्वार तथा आसपासको क्षेत्रमा फिस्टुलाको परीक्षण गरिन्छ । फिस्टुलाको उपचारका लागि शल्यक्रिया समेत गर्न सकिन्छ । जसमा संक्रमित ठाउँबाट पीपलाई बाहिर निकालिन्छ ।

फिस्टुलाका प्रकार

फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।

-सामान्य तथा जटिल

एक अथवा एकभन्दा बढी फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रुपमा वर्गीकृत गरिन्छ ।

-कम अथवा बढी

फिस्टुला भएको ठाउँ तथा मांशपेशीहरु (गुद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढी भनेर वर्गीकृत गरिन्छ ।

फिस्टुलाका लक्षणहरु

फिस्टुलाका निम्न लिखित लक्षणहरु हुन सक्छन् :

-गुद्वारमा पटक-पटक फोका आउनु

– गुद्वारका वरपर दुख्नु अथवा सुजन हुनु

-दिसा गर्दा दुख्नु ।

-रक्तश्राप

– गुद्वारको छेउबाट गन्हाउने रगत मिसिएको पीप आउनु (पीप निस्किएपछि दुखाई कम हुनसक्छ)

-पटक-पटक पीप निस्किन थालेपछि गुद्वारको वरपरको छालामा जलन हुनु ।

-ज्वरो, चिसो लाग्नु अथवा थकान महसुस हुनु ।

-कब्जियत हुनु ।

-सुजन हुनु आदि ।

यदि तपाईंंलाई पनि यीमध्ये कुनै लक्षण देखिए भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

फिस्टुलाको कारण तथा चुनौतीहरु

अधिकांश फिस्टुला गुद्वारमा फोका भएपछि हुनेगर्छ । यो त्यो बेला हुनसक्छ, जब फोकाबाट पीप निस्किएपछि त्यो ठिक हुँदैन । के अनुमान लगाइन्छ भने हरेक दुईदेखि चार व्यक्ति, जसलाई गुद्वारमा फोका आउँछ, तीनलाई फिस्टुला हुन्छ ।

यसका केही असामान्य कारणहरु यसप्रकार छन् :

-एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनतन्त्रमा सुजन हुन्छ ।

-गुद्वारको छेउछाउको छालामा फोका आउनु तथा दाग बस्नु ।

-क्षयरोग अथवा एचआईभी संक्रमित हुनु ।

-गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता ।

फिस्टुलाका कारक तत्वहरु

फिस्टुलाको निम्न लिखित कारक तत्वहरु हुन सक्छन् :

-सुगर (मधुमेह)

-धुम्रपान गर्नु

-मदिरापान

-मोटोपना

-एचआईभी

-गुद्वारमा विगतमै चोट लाग्नु

-विगतमा गुद्वारको वरपरको क्षेत्रमा रेडिएसन थेरापी गरिनु ।

फिस्टुलाबट कसरी बच्ने ?

यदि तपाईंंलाई एक पटक फिस्टुला भएको छ भने निम्न लिखित तरिकाबाट भविष्यमा यसबाट बच्नुहुनेछ ।

प्रशस्त फाइबर

यदि तपाईंंलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईंंलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । तपाईंंले खानपिनमा प्रशस्त मात्रामा फाइबर लिनुपर्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाईंं कब्जियतबाट बच्न सक्नुहुनेछ ।

जबसम्म तपाईंंलाई मुलायम तथा पहिलाकोभन्दा बढी दिसा आउन कम हुन्छ । त्यो बेलासम्म फाइबरको सेवनलाई बिस्तारै बढाउँदै लैजानुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसबाट पेटमा सुजन अथवा ग्याष्ट्रिक नहोस् ।

तरल पदार्थको सेवन

तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । किनभने यसले दिशालाई नरम बनाउँछ र दिसा गर्नपनि सजिलो हुन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनुपर्छ । अधिक मात्रामा मदिरा तथा कफी पिउनाले शरीरमा पानी कम हुन सक्छ ।

व्यायाम गरौं

कब्जियत हुने सबैभन्दा सामान्य कारण भनेको कम शारीरिक गतिविधिहरु हुनु पनि हो । हरेक दिन कमसेकम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नुपर्छ । जसले तपाईंंको पाचन प्रणाली राम्रो हुनेछ र तपाईंं फिट रहनुहुनेछ ।

दिसालाई लामो समयसम्म नरोकौं

जब तपाईंंलाई दिशा गर्न मन लाग्छ । त्यही बेला नै दिशा गर्नुपर्छ । यदि त्यही बेला दिशा गर्नुभएन भने भविष्यमा त्यस्तो मन लाग्ने सम्भावना घट्नसक्छ । तपाईंंले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ । त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।

अन्य बानीहरु

निम्नलिखित तरिकाहरुले कब्जियतको समस्यालाई कम गर्न सकिन्छ र गुद्वारको नलीको तनावलाई कम गर्न सकिन्छ ।

१. ट्वाइलेटमा दिशा गर्नका लागि प्रशस्त समय लिने तर धेरै समयसम्म ट्वाइलेटमा बसिरहनु पनि हुँदैन ।

२. दिशा गर्नका लागि धेरै बल नगर्ने ।

३. गुद्वारको क्षेत्रलाई सुख्खा राख्ने ।

४. हरेक पटक दिशा गरेपछि आफूलाई राम्ररी सफा गर्ने ।

५. नरम खालको ट्वाइलेट पेपर प्रयोग गर्ने ।

फिस्टुलाको उपचार

फिस्टुलाका लागि शल्यक्रियाकै आवश्यकता पर्दछ । यसलाई औषधिले ठिक पार्न सकिँदैन ।

एउटा सामान्य फिस्टुलाका लागि चिकित्सकले फिस्टुलाको नलीको छाला तथा वरपरको माशंपेशीहरुमा एउटा चीरा बनाएर घाउ भर्ने काम गर्छन् । सामान्य फिस्टुलालाई गुद्वारको मांशपेशीलाई हानि नपुर्‍याई ठिक बनाउन सकिन्छ भने जटिल फिस्टुलालाई ठिक गर्ने क्रममा जोखिम समेत बढ्छ ।

यदि स्थित जटिल छ भने फिस्टुलाको उपचारका लागि चिकित्सकले त्यसको प्वालमा एउटा ट्यूब हाल्छन् । त्यसलाई सेटन भनिन्छ र त्यो एउटा रबरको हुन्छ । सेटलले संक्रमित तरल पदार्थलाई सोस्ने काम गर्छ । यसका लागि छ हप्ता अथवा त्योभन्दा बढी समय लाग्नसक्छ ।

फिस्टुलाको स्थानको आधारमा चिकित्सकले तपाईंंको गुदद्वारको मांशपेशीलाई काट्न सक्दछन् । चिकित्सकहरुले उक्त मांशपेशीलाई हानि नपुर्‍याउने कोसिस समेत गर्छन् । यद्यपि, शल्यक्रियापछि दिशालाई नियन्त्रित गर्नमा कठिनाई हुनसक्छ ।

फिस्टुलाको शल्यक्रियापछि बिरामीको विशेष हेरचाह गर्नुपर्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

-फिस्टुलाको शल्यक्रियापछि चिकित्सकद्वारा भनिएको पेन किलर तथा एन्टिबायोटिक्स औषधि सेवन गर्नुपर्छ । आफ्नो खुशीले औषधि पसलमा गएर औषधि किन्नु हुँदैन ।

-दिनमा तीनदेखि चार पटक तातो पानीले नुहाउनुपर्छ ।

-फिस्टुला ठिक हुने बेलासम्म आफ्नो गुद्वारमा प्याड लगाउनुपर्छ ।

-चिकित्सकले भने पछि मात्र आफ्नो दैनिक जनजीवनका कामहरु गर्नुपर्छ ।

-फाइबरयुक्त खानेकुरा र प्रसस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार