बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • साँफे मार्तडी सडकको अम्कोटमा यो पटक पनि सडक बन्द हुने निश्चित

साँफे मार्तडी सडकको अम्कोटमा यो पटक पनि सडक बन्द हुने निश्चित

  • बिहिबार, जेष्ठ १२, २०७९
साँफे मार्तडी सडकको अम्कोटमा यो पटक पनि सडक बन्द हुने निश्चित

लक्ष्मीराज पाध्याय — बाजुराको साँफे मार्तडी सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । यो बर्षातमा पनी साँफे मार्तडी सडक खण्डको अम्कोट बल्दे   सडक क्षेत्रमा बन्द हुने निश्चित जस्तै भएको छ ।
बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । चार बर्ष देखी बन्द हुदै आएको सडकको बैकल्पिक बाटो नखोल्दा यो बर्षातमा पनि सडक पुर्ण रुपमा बन्द हुने देखिएको छ ।
२०७७ र २०७८ माक बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध हुदै आएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाए पनि अहिले पनि पहिरोले सडक भासिएर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौडेलले वताएका छन् । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने पौडेलले वताए ।
बैकल्पिक बाट खोल्नका लागि करिब ५ किलोमिटर माथि नयाँ मार्ग खोल्नका लागि पहल पटक पटक भएपनि तर कतै बाट शुरु भएको छैन् । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । बिगतका बर्षमा बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । बैकल्पिक बाटो नखोले बर्षातमा पुणर् रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पिक बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई थुन्दै आएको छ । अर्को बाट पहिरो आएर नदि थुनिएपछि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । २०७७ भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । साथै बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवार बिस्थापित समेत भएको स्थानिय दीपक खत्रीले बताए । विस्तावित परिवारमा बुढिगंगा नगरपालिका १ का टिकाराम पाध्याय, मीमाराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय रहेका छन् । विस्तापीत परिवार अमकोटको माथि गाँउमा सरेका छन् । परिवार बिस्थापित सँगै उनिहरुको खेतियोग्य समिन समेत पहिरोले बगाएको थियो ।
चार बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष बिकले वताएका छन् । बिगत ४ बर्ष देखी बर्षातमा सडक अबरोध हुदै आएको विकले वताए ।
साँफे बगर सडक डिभिजनका अनुसार कसडक बिभाग सँग पहल गरिरहेको त्यसको दिर्घकालिन ब्यबस्थापनका लागि कतै बाट केही भएको वताएको छ । भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुर्ण रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार