शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ९ वटा स्थानीय तह मध्ये कहाँ कस्को जित ?

बाजुराका ९ वटा स्थानीय तह मध्ये कहाँ कस्को जित ?

  • बिहिबार, जेष्ठ ५, २०७९
बाजुराका ९ वटा स्थानीय तह मध्ये कहाँ कस्को जित ?

बाजुरा — बाजुरा जिल्लाका ९ स्थानीय तह मध्ये ७ वटा स्थानीय तहको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम ९ पालिका मध्ये ७ पालिको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका जगन्नाथ र हिमाली गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
मतगणनाको अन्तिम मतपरणाम सार्वजनिक हुँदा बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिक, गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको प्रमुख पद नेकपा एमालेले विजयी हासिल गरेको छ । भने नेपाली काँग्रेस पनि त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ ।

बडीमालिका नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका अमर बहादुर खड्का र उप प्रमुखमा नन्दा कुमारी थापा निर्वाचित भएका छन् । त्रिवेणी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका कर्ण बहादुर थापा, उप प्रमुखमा कमला कुमारी जैशी न्यौपाने विजयी भएका छन् ।

त्यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरि बहादुर रोकाया र उपाध्यक्षमा सीता थापा विजयी भएका छन् सो पालिकामा भने नेपाली काँग्रेस कुनै पनि वडामा समेत विजयी भएन् । जगन्नाथ गाउँपालिकामा पनि अध्यक्षमा नेकपा एमालेका काली बहादुर शाही र उपाध्यक्षमा मरुकला विष्ट विजयी भएका छन् ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका दिल बहादुर रावत र उपाध्यक्षमा नेपाली काँग्रेसकी विशु नाथ निर्वाचित भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भरत बहादुर रोकाया र उपाध्यक्षमा मैनादेवि जोशी विजयी भएका छन् । हिमाली गाउँपालिकामा भने अध्यक्षमा काँग्रेसका गोविन्द बहादुर मल्ल र उपाध्यक्षमा एमालेकी राजकला सार्की विजयी भएका छन् ।

बुढीनन्दा नगरपालिकाको मत गणना कार्य जारी रहेको छ । भने बुढीगंगा नगरपालिकाको मतगणना हुन बाकी नै रहोको छ । बाजुरा जिल्लाका ६९ वटा वडा मध्ये ४९ वटा वडाको मतपरिणा सार्वजनिक हुँदा २६ वटा वडामा नेकपा एमालेको सिंगो प्यानल सहीत विजय भएको छ । भने २२ वटा वडा नेपाली काँग्रेस र समाजवादी, माओवादी केन्द्रको गठबन्धनबाट १ वटा वडामा जित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार