शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका १० भन्दा कम मत पाउने २१ उम्मेदवार यि हुन

बाजुराका १० भन्दा कम मत पाउने २१ उम्मेदवार यि हुन

  • सोमवार, जेष्ठ ९, २०७९
बाजुराका १० भन्दा कम मत पाउने २१ उम्मेदवार यि हुन

बाजुरा — बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा बाजुराका नौ स्थानिय तहको निर्बाचनमा धेरै उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन । १६ जना उम्मेदवारले एक मत पनि पाएका छैनन् । जिल्ला का बिभिन्न स्थानीय तहमा बिभिन्न पदका उम्मेदवारहरुले १० भन्दा कम मत ल्याएका छन ।
१० भन्दा कम मत ल्याउने उम्मेदवारहरुमा  हिमाली गाउँपालिको अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोरख शार्कीले ४ मत ल्याएका छन । सोही गाउँपालिका अध्यक्षमा राप्रपाबाट उम्मेदवारी दिएका दिपेन्द्र बहादुर मल्लले ३ मत ल्याएका छन । हिमाली गाउँपालिका वडा न ३ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेका दिपलाल बुढाले ५ मत ल्याएका छन । वडा न ३ का वडा सदस्यमा नेकपा माओबादी केन्द्रबाटै उम्मेदवारी दिएका सिंहधन रोकायाले ६ मत ल्याएका छन । सोही गाउँपालिका वडा ६ को स्वतन्त्रबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी बबिता चदाराले ८ मत प्राप्त गरेकी छन ।
त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मा वडा सदस्य पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका धनराज कामीले ७ मत प्राप्त गरेका छन ।
गौमुल गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट उम्मेदवारी दिएका मान बहादुर रोकायाले पनि ७ मत प्राप्त गरेका छन । सोही गाउँपालिका वडा न ३ को नेकपा माओबादी पार्टीबाट वडा अध्यक्षका उम्मेदवार रहेका शिबलाल रोकायाले ४ मत ल्याएको निर्बाचान आयोगको तथ्याङकमा उल्लेख गरिएको छ । नेकपा माओबादी केन्द्रबाटै वडा न ६ काे वडा अध्यक्षकी उम्मेदवार संगिता रोकायाले पनि ३ मत ल्याएकी छन ।
खप्ततड छेडेदह गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट उम्मेदवार बनेका देबेन्द्र बहादुर सिंहले पनि ५ मत ल्याएका छन । त्यस्तै त्रिबेणी नगरपालिकाको नगर प्रमुखमा नेकपा एकिकृत समाजबादी पार्टीबाट उम्मेदवार बनेका किसन बहादुर बिष्टले ८ मत ल्याएका छन ।
जगन्नाथ गाउँपालिका वडा न ४ को वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका अंगराज भण्डारीले पनि २ मत प्राप्त गरेको निर्बाचन आयोगको वेबसाइडकाे तथ्याङकमा उल्लेख गरिएकाे छ ।
त्यसै गरी बडिमालिका नगरपालिका वडा न ५ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका प्रेम साउदको ५ भोट रहेको छ । नेपाली काग्रेसबाटै वडा न ९ बाट वडाअध्यक्षका उम्मेदवार रहेका मिन बहादुर थापाले पनि ९ मत मात्रै प्राप्त गरेका छन ।
बडिमालिका नगरपालिकाकै वडा न ५ मा खुला सदस्य पदमा नेकपा माओबादी केन्द्रका उम्मेदवार पुरन बहादुर साउँदले ४ मत र नन्दलाल साउँदले ३ मत मात्र ल्याएका छन । सोही वडाको महिला सदस्यमा नेकपा माओबादी केन्द्रकै उम्मेदवार बेलुदेबी साउँदेले ९ मत ल्याएकी छन ।
त्यसै गरि बडिमालिका नगरपालिकाको वडा न १ मा नेकपा माओबादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेदवार शान्तीदेबी चँदाराको पनि ५ मत रहेको छ ।
बुढिनन्दा नगरपालिकामा वडा अध्यक्षका उम्मेदवारहरुको पनि १० मत भन्दा कम रहेको छ । सो नगरपालिकामा स्वतन्त्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका बिर बहादुर रोकायाको शुन्य मत रहेको पाईएको छ । राप्रपाबाट वडा न २ का वडा अध्यक्षका उम्मेदवार बनेका पदम कार्कीले १ मत ल्याएका छन भने, साही नगर पालिका वडा न ४ को राप्रपाबाटै वडा अध्यक्षका उम्मेदवार बनेका बुदे रोकायाले ५ मत ल्याएका छन । सोही नगरपालिका वडा न ७ मा नेकपा माओबादी केन्द्रबाट खुला सदस्यमा उम्मेदवारी दिएकी ममता बिकले पनि जम्मा १ मत प्राप्त गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार