शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका जनजातीलाई स्थानीय तह निर्बाचानबाटै पन्छाइयो

बाजुराका जनजातीलाई स्थानीय तह निर्बाचानबाटै पन्छाइयो

  • बिहिबार, जेष्ठ १२, २०७९
बाजुराका जनजातीलाई स्थानीय तह निर्बाचानबाटै पन्छाइयो

बाजुरा — बैशाख ३० गते सम्पन्न निर्बाचानलको अध्यानअनुसार बाजुरामा जनजातीहरुलाई कुनै स्थान नदिएको पाईएको छ । बिषेश गरि समाबेशी समानताका भाषणमा ठिक्क पर्ने बाजुराका ठुला दलहरुले नै जनजातीलाई नसमेटेको पाईएको छ ।
बाजुरा जिल्लाका ३ वटा स्थानीय तहमा बाक्लो उपस्थिती रहेका जनजाती समुदायलाई यस पटकको स्थानिय तहममा समाबेश नगरेको तथ्याकंले जनाएको छ । जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकामा अन्य स्थानीय तहको भन्दा बढि जनसंख्या जनजातीको रहेको छ ।

आदिवासी जनजातिसमुदायको हक, हितको संरक्षण र सम्वद्र्धन तथा आदिवासी जनजाति समुदायको सशक्तीकरण गर्नको लागि आदिवासी  नेपालको संविधानको धारा २९६ को उपधारा (१) वमोजिमको व्यवस्थापिका-संसदले  यो ऐन बनाएकाे भए पनि ऐन अनुसार जनजातीले स्थानियत तहकाे निर्वाचनमा जन प्रतिनधी चुनिनबाट बन्चीत भएका छन ।   जिल्लामा करिव ५ हजार जनसख्या रहेको जनजाती समुदायको स्थानिय तहमा देखीएको अनुउपस्थितीले जिल्ला मुख्य राजनीतक दलबाटै हेपीएको जनजाती समुदायका केही अगुवाहरुले बताएका छन । जिल्लामा ५ हजार जनसख्यामा करिव २ हजार ५ सय मतदाता समेत रहेको जनजाती समुदायलाई जिल्लाका कुनै पनि राजनितीक दलले लिन नमानेको जनजाती अगुवाहरुको भनाई रहेको छ ।
जनजाती समुदायका एक अगुवाका अनुसार केही महिना अगाडी नेपाली काग्रेसको जिल्ला अबिधेशन हुदै गर्दा नेपाली काँग्रेसले पनि जनजातीको कोटा छैन भन्दै पन्छाइएको बताए । त्यसै गरि नेकपा एमालेको महाधिबेशन प्रतिनीधीमा छनौट गरिएका एक जनजातीको नाम चितवन महाधिबेशनमा नपुग्दै बिच बाटोमै काटिएको बताए ।
त्यसै गरि भखर सम्पन्न स्थानिय तहको निर्बाचानमा पनि प्रमुख पदमा कुनै दावी नरहेको र सदस्यमा दाबी गर्दा पनि नेपाली काग्रेस र नेकपा एमाले लगायतका दलहरुले पन्छाउन खोजेको बताए । जिल्ला भरीको तथ्यांक अनुसार हिमाली गाउँपालिका वडा ३ को वडा सदस्यममा नेपाली काग्रेसको तर्फबाट पेमा गारप गुरुङ्ग र बुढिनन्दा नगरपालिका वडा न ९ को वडा सदस्यमा चन्द बहादुर बिष्ट भोटे लाई सहभागीता गराएको छ ।
जनजातीको जनसख्याको आधरमा यो सख्या एकदम न्युन भएको जनजातीहरुको गुनासो रहेको भोटेजनजातीका अगुवा नृप थापा भोटेले बताएका छन । यस अघि अधिबेशन समेत बहिस्कार गर्न खोजेका नेपाली काँग्रेस र नेकपा एमाले सर्मथक जनजातीलाई नेताहरुले आँखामा छारो हाल्ने काम मात्रै भएको उनले बताए । बडीमालिका नगरपालिकाकाे कार्यपालिकामा एक सदस्य लिइदिन सिफारीस गरेकाे भए पनि नेकपा एमालेले नमानेकाे जनजाती समुदायकाे गुनासाे रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार