शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • यि हुन बाजुराका स्थानिय तह हाँक्ने नयाँ जनप्रतिनिधी

यि हुन बाजुराका स्थानिय तह हाँक्ने नयाँ जनप्रतिनिधी

  • आइतवार, जेष्ठ ८, २०७९
यि हुन बाजुराका स्थानिय तह हाँक्ने नयाँ जनप्रतिनिधी

बाजुरा ‍‍‍‍– हालै सम्पन्न स्थनिय तहको निर्बाचानबाट जिल्लाका ९ स्थानिय तह मध्य ८ ओटा स्थानीय तहमा नयाँ अनुहारले नेतृत्व लिएका छन । जिल्लाको बुढिगंगा नगरपालिका बाहेकका अन्य ८ ओटा स्थानीय तहले नयाँ जनप्रतिनीधी पाईसकेको छ । हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिकका अध्यक्षहरु पुरानै दोहोरीएका भए पनि बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा नयाँ जनप्रतिनिधीको आगमन भएका छन ।
जिल्लाको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र गौमुल गाउँपालिकाको अध्यक्षमा हरी बहादुर रोकाया दोहोरीएका छन ।
त्यसै गरी बडिमालिका नगरपालिकामा अमर बहादुर खड्का, बुढिनन्दा नगरपालिकामा जनक कुमार रोकाया, त्रिबेणी नगरपालिकामा कर्ण बहादुर थापा र खप्तड छेडेदह गाउँपालिकामा दिल बहादुर रावत र स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले ५ बर्षका लागि स्थानीय तहको बिकास र मुहार फेर्ने अठोटका साथ जन निर्वाचित भएका छन ।
बैसाख ३० गते मतदान भई हाल सम्पन्न नतिजा अनुसार हिमाली गाउँपालिका, त्रिबेणी नगरपालिका र स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रसका तर्फबाट जननिर्बाचित अध्यक्ष तथा प्रमुखहरुले नेतृत्व लिएका छन ।
यता बुढिनन्दा नगरपालिका, बडिमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेबाट जन प्रतिनिधीहरु निर्बाचित भएका छन ।
चुनावका बेला बनाएका घोषणा पत्र सबैका उत्कृष्ठ भए पनि काम के कती हुन्छ भन्ने कुराको अघिल्लो ५ बर्षले पनि अनुभव दिई सकेको छ । तर २०७९ मा निर्बाचित अधिकांस नयाँ अनुहारले गाउँ नगरको बिकासमा ठुलो टेवा पुग्ने स्थानीयहरु बताउछन ।
२०७४ मा भएको निर्बाचनबाट निर्बाचित जनप्रतिनिधीहरुको कामलाई हेर्ने हो भने यो पटक दोब्बरले बिकाश हुनेमा स्थानीय स्तरमा जनचासोको रुपमा लिएका छन । बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका हरेक कामले यस अघि जिल्लामा नाम लिन योग्य रहेका भए पनी केही स्थानीय तहका जन प्रतिनिधी भने गुमनाम रहेको अबस्था फेरी दोहोरीने चिन्ता पनि रहेको स्थानीय बताउछन ।
गाउँमा सामान्य खानेपानी, सिचाई, सामान्य तरकारीका बिउ बिजन दिए पनी ठुलै चिज पाएको ठान्ने बाजुराका मतदाताको चासो यतिबेला सडक, कृर्षि र रोजगारको आशामा रहेका देखीन्छन ।
नयाँ अनुहार सहित पालिकाको प्रमुख अध्यक्षहरुबाट नागरिकको ठुलै अपेक्षा नभए पनि आम नागरिक समस्या भनेकै रोजगार मुलक कार्यक्रम खानेपानी सिचाई आधुनीक कृर्षीका कार्यक्रमहरु मात्रै चाहीएको नागरिकहरुको चासो र गुनासो रहेको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार