बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एमालेका थापा विजयी

बडीमालिका नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एमालेका थापा विजयी

  • मङ्लबार, जेष्ठ ३, २०७९
बडीमालिका नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एमालेका थापा विजयी

बाजुरा —  बडीमालिका नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका चन्द्र थापा विजयी भएका छन । वडा नं. ८ को अन्तिम मतपरिणमको नतिजा आए पछि नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार चन्द्र थापाले ५९६ मत ल्याएर विजयी भएका छन ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार प्रकास रावलले ५४८ मत ल्याएर पराजित भएका छन । विजयी वडा अधयक्ष चन्द्र थापाले पराजित वडा अध्यक्ष प्रकास रावललाई ४८ मतले पराजित गरेको छ ।

वडा नं. ८ मा खसेको कुल ११९९ मतमा एमालेको नगरप्रमुखका लागि ५८९ मत प्राप्त भएको छ भने उपमेयरमा ६५६ मत प्राप्त भएको छ । त्यस्तै नेपाली काँग्रेसको मेयर पदका लागि वडा नं. ८ बाट ५६२ मत प्राप्त भएको छ भने उपमेयरमा ४८८ मत प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार