शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सात पालिकाका जनप्रतिनिधीले लिए पद तथा गोपनियताको सपथ

बाजुराका सात पालिकाका जनप्रतिनिधीले लिए पद तथा गोपनियताको सपथ

  • शुक्रबार, जेष्ठ ६, २०७९
बाजुराका सात पालिकाका जनप्रतिनिधीले लिए पद तथा गोपनियताको सपथ

बाजुरा — बाजुरा जिल्लाका नव निर्बाचित ७ पालिकाका जनप्रतिनिधीहरुले पद तथा गोपनियतको सपथ ग्रहण लिएका छन । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्बाचित ७ पालिकाका प्रमुख, उप प्रमुख र अध्यक्ष र उपाअध्यक्षहरुले सपथ लिएका हुन ।

No description available.
जिल्ला सदरमुकाम मार्तडीमा मुख्य निर्बाचन अधिकृतद्धारा उनिहरुले सपथ लिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधीहरुले सपथ दिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् ।
बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका नेपाली काँग्रेस , र खप्तड क्षेडेदह एमाले, गाैमुलमा एमाले, हिमालीमा कांग्रेस र जगन्नाथ गाउँपालिकामा एमालेले नेतृत्व गरेकाे छ ।
प्रमुख तथा अध्यक्षकाे सपथ ग्रहणमा बडीमालिका नगरपालिकाका सबै जनप्रतिनिधिलाई सपथसहित प्रमाणपत्र वितरण गरिएकाे थियाे।
त्यस्तै बाँकी रहेका बुढीनन्दा नगरपालिकामा मतगणना भईरहेकाे छ भने बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएकाे एकहप्ता वितिसक्दा पनि मतगणना सूरू हुन् सकेकाे छैन् ।
त्यसै गरी सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र उप प्रमुख नन्दा थापा र वडाअध्यक्षहरुले भदभार समेत समाली सकेका छन । नाै स्थानीय तह रहेकाे बाजुरामा बुढिन्दा नगरपालिकाकाे मतगणना जारी रहेकाे छ भने बुढीग‌गा नगरपालिकाकाे मतगणना अन्याैलमा रहकाे छ ।

चर्चामा

सम्बन्धित समाचार