सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले नगरबासीलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने

बडिमालिका नगरपालिकाले नगरबासीलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने

  • सोमवार, जेष्ठ ९, २०७९
बडिमालिका नगरपालिकाले नगरबासीलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने

ज‌ंग रावल — बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकामा पदभार ग्रहण महत्वपुणर् निणर्य गरेका छन । एम्बुलेन्स खरिद गरि नगरपालिका भित्रका गरिब, बिपन्न नागरिकलाई नगरपालिका भित्र निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने निणर्य सार्बजनिक गरिएको छ । नेकपा एमालेबाट बडीमालिकाको नगरप्रमुखमा निर्वाचित भएका खड्काले नगरप्रमुखको पदभार ग्रहण पश्चात समृद्ध नगर बनाउन स्वास्थ्य शिक्षा लगायतका आबस्यक सेवाबाट सुरुवात गर्ने बताएका छन ।
निर्बाचित जनप्रतिनिधीहरुले चुनावमा गरेका प्रतिवद्धताहरु के कति पुरा गर्न सकियो भनेर नियमित आवधिक समिक्षा गर्ने । आम जनताको सन्तुष्टिको मुल्याङ्कन/आफ्नो स्व. मुल्याङ्कन गर्ने । सक्ने काम गर्छु भनेर कसैलाई पनि झुटो आस्वासन तथा बचन दिइने छैन, विनम्रतापूर्वक यो काम सम्भव छैन भनेर समयमै यथार्थ कुरा बताउने निणर्य गरिएको छ ।
निर्वाचन जनप्रतिनिधिहरुको आफ्नो कार्यकालभरी राष्ट्रिय पोशाक लगाउने । राष्ट्रिय पोशाकको रङ एउटै बनाउने निणर्य समेत गरेका छन ।
त्यसै गरी निर्वाचन आयोग, सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, पार्टीका कार्यकर्ता, पत्रकार, पर्यवेक्षक, सम्बद्ध सरोकारवाला पक्षहरुलाई धन्यबाद ज्ञापन समेत ज्ञापन गरिएको छ ।
जनप्रतिनिधिहरु जनता, राष्ट्र, राष्ट्रियता, संविधान , सुशासन, नैतिक आचरण युक्त जीवनयापनप्रति उत्तरदायी, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न प्रत्येक जनप्रतिनिधिहरुले निम्न बमोजिमका आचारसंहिता पालना गर्ने निणर्य गरिएको नगर प्रमुख खड्काले बताएका छन ।
नगरपालिकामा कार्यरत सम्पुणर् कर्मचारीले तोकिएको समयमा तोकिएको पोशाकमा कार्यालयमा उपस्थित भइ आफ्नो कार्य सम्पादनमा जानु पूर्व सामुहिक राष्ट्रिय गानमा सहभागीता हुनुपर्ने लगायतका निणर्य गरिएको नगर प्रमुख खड्काको भनाई रहेको छ ।
त्यसै गरी नगरपालिकाबाट हुने सम्पूणर् योजनाको लागत स्टीमेट नेपाली भाषामा गर्नुका साथै योजना तथा कामदारको भुक्तानी बैंकिङ कारोवार मार्फत गर्ने र कामको गुणस्तरीयताको मुल्याङ्गनका आधारमा भुक्तानी गर्ने निणर्य गरिएको छ ।
निर्बाचित जनप्रतिनिधीहरुले चुनावमा गरेका प्रतिवद्धताहरु के कति पुरा गर्न सकियो भनेर नियमित आवधिक समिक्षा गर्ने, आम जनताको सन्तुष्टिको मुल्याङ्कन/आफ्नो स्व. मुल्याङ्कन गर्ने र सक्ने काम गर्छु भनेर कसैलाई पनि झुटो आस्वासन तथा बचन नदिने बताएका छन ।
नगरपालिका सम्बन्धि छलफल तथा निणर्य गर्दा जनप्रतिनिधिहरुले आफ्नो परिवारका कुनै पनि सदस्यलाई सहभागी नगराउने, निर्वाचित जनप्रतिनिधिहरुको प्रत्येक आर्थिक वर्षको शुरु र अन्तिममा व्यक्तिगत सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाउने र सार्वजनिकरण गर्ने बताएका छन ।
योजना छनोटका ७ वटा चरणलाई पूणर् कार्यन्वयन गर्ने नगरको समग्र विकासको आवधिक योजना निर्माण गरी कार्यन्वयन गर्ने र पालिकाको यथार्त गुरुयोजना नगर प्रोफाइललाई समय समयमा अध्यावधिक गरि गुणस्तरिय विकासको सुनिश्चितता गर्ने पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेका छन । विपद प्रतिकार्य योजना निर्माण गरी नगरलाई विपद जोखिम न्युनीकरण तथा व्यवस्थित कोषको स्थापना गर्ने बताएका छन । नगरपालिकामा नगरपालिका हेल्प डेस्क स्थापना गरी दिगो बिकाशको लक्षअनुरुप लैजाने निणर्य गरीएको बताएका छन ।

९ गते दिउसो पत्रकार सम्मेलन गर्दै नगरपालिकाका प्रमुख उप प्रमुखहरुले पदभार पश्चात गरिएका निणर्य सार्बजनिक गरेका छन । नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा उप प्रमुख नन्दा थापा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले संचालन तथा बैठकले गरेका निणर्यहरु सार्बजनिक गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार