शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकार महासंघ बाजुराको स्वागत तथा बधाई

नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकार महासंघ बाजुराको स्वागत तथा बधाई

  • मङ्लबार, जेष्ठ १०, २०७९
नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकार महासंघ बाजुराको स्वागत तथा बधाई

बाजुरा — बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई दिएको छ ।
पत्रकारीता पेशालाई राम्रोसंग बुझेका कारण आफुहरु जहिले पनी पत्रकारको हकहितमा रहेर काम गर्ने बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले बताए ।पत्रकारले राम्रा कामको मात्रै नभएर आफुहरुले केहि गलत काम गरे सजक बनाउदै गए जनताका लागी सहि काम हुने र सच्चिने अवसर पनी मिल्ने बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अम्मर खड्काले बताका छन् ।

बडीमालिका नगरपालिकाकी नगर उप–प्रमुख नन्दा थापाले आफू पत्रकारीता पेशाबाट यो स्थान प्राप्त गरकाले पेशाको उच्च सम्मान्न गर्दै जनताको भावना अनुरुप लागीरहन पत्रकारहरुलाई सुझाव दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहरा, बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अम्मर खड्का, बडीमालिका नगरपालिकाकी नगर उप–प्रमुख नन्दा थापा बडीमालिका–२ का अध्यक्ष डम्मर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय ८ का अध्यक्ष चन्द्र थापा प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली लगायत प्रत्रकारहरुको सहभागीता रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधिलाई मायाको चिनो सहित बधाई दिएको छ । कार्यक्रमको संंचालन पत्रकार लक्ष्मिराज पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार