बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिपिको दुरदर्शिता – समाजवाद ,राष्ट्रिय एकताले मात्र देशको समुन्नति सम्भव छ

बिपिको दुरदर्शिता – समाजवाद ,राष्ट्रिय एकताले मात्र देशको समुन्नति सम्भव छ

  • सोमवार, पुस १६, २०८०
बिपिको दुरदर्शिता – समाजवाद ,राष्ट्रिय एकताले मात्र देशको समुन्नति सम्भव छ

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशै भरी मनाउन नेपाली काङ्ग्रेस लागेको छ।यो दिवस नेपाली काङ्ग्रेसले मात्र होइन राष्ट्रिय दिवसका रुपमा सारा देशले नै मनाउन आबश्यक छ।
नेपाली कांग्रेसका संस्थापक नेता, जननायक बीपी कोइराला ,लौह पुरुष गणेशमान सिंह ,शैलजा आचार्य ,खुम बहादुर खड्का लगायतका नेता स्वदेश फर्किएको दिन पौष १६ लाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउनु हामी नेपाली का लागी गर्वको कुरा हो।नेपाली कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएकाे छ ।काङ्ग्रेस मात्र नभै राष्ट्र र राष्ट्रियताका लागि यसलाई राष्ट्रिय दिवसका रुपमा मनाउनु अत्यन्त सान्दर्भिक देखिन्छ ।अझै यसको महत्त्व र सान्दर्भिकता मा थप बहस गर्नुपर्ने जरुरी देखिन्छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ।तत्कालीन समयमा देशको अस्तित्व संकट परेको,राष्ट्रियता,सार्वभौम सत्ताको रक्षा लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) बीचको एकता महत्त्वपूर्ण थियो ।
नेपाली काङ्ग्रेसले २०१५ सालको आम निर्वाचनमा बहुमत प्राप्त गरेपछी प्रथम पटक निर्वाचित प्रधानमन्त्री बिपि कोइराला नेतृत्वको सरकार २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए र कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालेका थिए ।राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् नेताहरु माथि देशद्रोहको मुद्दासमेत लगाए,देशद्रोह को मुद्दा मात्र होइन मृत्यु दण्ड दिने निर्णय गरे । बि.स २०२५ कात्तिक १४ गते आठ बर्ष लामो जेलजिवन पछि वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमण बाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका नेपाली कांग्रेस नेताहरुले मुलुकको सार्वभौम
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ। राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि का लागि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै देश बन्न सम्भव छ।बिपि भन्नुहुन्थ्यो देश बन्नु र बच्नुमा फरक छ।पहिला देश बच्न पर्छ।तत्कालीन समयमा भारतिय शासक हरुले नेपाल लाई भारतमा बिलिन गर्ने नीति लिएका थिए ।प्रधानमन्त्री इन्दिरा गान्धी नेपाल लाई सिक्किमिकरण जस्तै गरि कब्जा गर्ने योजना बनाएको मा नेपाली काङ्ग्रेसका नेताहरु चिन्तित थिए तसर्थ बिपिले भन्नुहुन्थ्यो प्रजातन्त्रको लागि कुनै पनि हालतमा सम्झौता गर्दिन, राष्ट्रियताको सवालमा राजा सङ्ग घाँटी जोडिएको छ।”बरु म बिराटनगरमा गएर खेतिपाती गरुला तर देशै नरहे राजा कहाँ गएर बस्नुहुन्छ” भन्ने भनाई ले देशको अस्तित्व रक्षा गर्न देशका सम्पुर्ण शक्तिहरु राजनीतिक दल,राजा सबौले सहकार्य गरि अघि बढ्नुपर्ने आबश्यकता औल्याउँनु भएको थियो।
त्यसैले आजको दिन जननायक बिपि कोइराला लगायत नेताहरु अघि सारेको निति “राष्ट्रिय मेलमिलाप र एकता दिवस लाई राष्ट्रिय दिवसका रुपमा मनाउन सान्दर्भिक छ।हाम्रा अग्रज हरुले देखाएको बाटो र दुरदर्शिताले आजका दिन सम्म नेपालको स्वाभिमान ,गौरव ,भौगोलिक अखण्डता ,सार्वभौम सत्ता लाई सबै नेपालीले मनन गरेर स्वतन्त्र राष्ट्रका रुपमा स्थापित भएको छ।राष्ट्र हित,सामाजिक सद्भाव ,मुलुकको समुन्नतिका लागी अझै देशका सबै शक्ति हरु,सबै राजनीतिक दलहरुले नेपालको संविधानको मर्म र भावना अनुरुप राष्ट्रिय एकताको बाटोमा हिड्नुपर्ने आबश्यकता छ।

चर्चामा

सम्बन्धित समाचार