सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा दर्जनौ घर बाढीपहिरोको जोखिममा, भुकम्पले घर पुरै चिराचिरा

बाजुरामा दर्जनौ घर बाढीपहिरोको जोखिममा, भुकम्पले घर पुरै चिराचिरा

  • शुक्रबार, साउन १२, २०८०
बाजुरामा दर्जनौ घर बाढीपहिरोको जोखिममा, भुकम्पले घर पुरै चिराचिरा

बाजुरा–विहिवार राति गएको अबिरल बर्षा संगै आएको पहिरोले गौमुल गाउँपालिका ३ ढल्काँडाका ७ घरपरिवार बिस्तापित भएका छन । राति आएको बर्षासंगै गाउँको माथिबाट पहिरो आएपछी ७ परिवार बिस्थापित भएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् ।

साथै सोही वडाको बेहरी गाउँका बासिन्दा पहिरोले विस्थापित बनाएको गौमुल पालिकाले जनाएको छ । ढल्काँडाका राजेन्द्र धामी, मान बहादुर बोहरा, बसन्त बोहरा, झाक्री बोहरा, अफिलाल बोहरा र बिज्रित बोहराका घरहरु पुरै पहिरोमा परेर बिस्थापित भएको उपाअध्यक्ष थापाले वताईन् ।

बिस्थापित परिवार बिचच्लीमा परेका छन् । बिस्थापित परिवार अरुको घर गोठमा बस्दै आएका छन् । बाजुरामा भुकम्पले चिराचिरा बनाएका घर पनि बर्षात सँगै जोखिममा रहेका छन् । ढल्काँडा गाउँ पनि भुकम्पले जोखिम बनाएको थियो, थप पहिरो आउदा पुर्ण रुपमा जोखिम भएका छन् ।
बाजुरामा मात्रै एक वर्षको अवधीमा ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा एक बर्षमा सबैभन्दा बढी ११ पटक भूकम्प गएको जनाएको छ ।

माघ १० गते गएको भुकम्पका कारण गौमुल गाउँपालिका एकजनाको मृत्यु सँगै स्थानिय बिस्थापित भएका थिए । हिमाली गाउँपालिकाको विच्छयाँ केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमाली गाउँपालिका, गौमुल गाउँपालिका सबैभन्दा बढी प्रभाबित भएका थिए । त्यसपछि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको छ ।
भूकम्पका कारणले अधिकांशाका घरहरु पुरै चिराचिरा परेका थिए । ति घरहरु अहिले पुर्ण रुपमा जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । रातको समय धेरै बासिन्दा घर छोडेर खुला आकाशमुनि बस्दै आएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । पुर्ण रुपमा क्षति भएका परिवारलाइ पालको ब्यबस्थापन गरेका छौ, जोखिम परिवारको ब्यबस्थापन भने गर्न नसकेको रोकायाले वताए ।

गौमुल गाउँपालिकामा मात्र १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले वताएको छ । केही घर भत्किएका छन््, भने अधिंकाश घर पुरै चर्कीएकाले घरनै जोखिममा रहेका छन् ।
त्यस्तै हिमाली गाउँपालिकामा पनि ४० प्रतिशत बढी घर जोखिममा रहेको पालिकाले जनाएको छ । बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिकामा पनि धेरै घरहरु भत्किने अबस्था पुगेको पालिकाले जनाएको छ । बाजुरामा पटक पटक भूकम्प जाने भएकाले बाजुरा बासी त्रसित बन्दै गएका छन् । कुनै रात खुला आकाशमुनि बिताउने गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् । बाजुराको हिमाली गाउँपालिका सँगै हुम्लाका ताजाकोट गाउँपालिका लगायतका बासिन्दाका घर जोखिममा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाका अनुसार सबैभन्दा बढी गौमुल र हिमाली गाउँपालिका जोखिम भएपनि प्रभाबित भने ९ वटै पालिका रहेको वताए । प्रत्येक पालिका बाट जोखिमको तथ्याङ्क माग्ने काम भइरहेको खड्काले वताए । अधिकांशका घर बस्न लायक नभएको प्रशासनले जनाएको छ ।
एकातिर भूकम्पले घर चिरा चिरा भएका छन्, अर्कोतिर बर्षात सँगै बाढीपहिरो जाने सम्भाबनाले धेरै परिवार बिस्थापितको चरणमा रहेका छन् । उसै त बाजुरा बाढी पहिरोको उच्च जोखिममा हो, त्यसैमा भूकम्पले घर चिराचिरा बनाएपछि बाजुरा पुर्ण रुपमा जोखिममा रहेको जिल्ला समन्वय समिति प्रमुख तुलसिराम रोकायाले वताएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेश अन्य भन्दा दुर्गम क्षेत्र हुन् । यस क्षेत्रमा गरिबीको रेखामुनि रहेका जनताको बाहुल्य छ र यो क्षेत्रका धेरै सर्वसाधारण आफैं भूकम्पीय जोखिमबारे जागरुक र सक्षम पनि छैनन् । आर्थिक हिसाबले समेत विपन्नहरूको बाहुल्य रहेको यी क्षेत्रमा सरकारले घरहरूलाई भूकम्प प्रतिरोधी भवन बनाउन कुनै योजना आवश्यक देखेकै छैन नागरिक अगुवा कृष्ण अधिकारीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार