सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • नामको मात्र साक्षरता घोषणा बाजुरा जिल्ला, साक्षरता प्रतिशत ७१ प्रतिशत

नामको मात्र साक्षरता घोषणा बाजुरा जिल्ला, साक्षरता प्रतिशत ७१ प्रतिशत

  • शुक्रबार, साउन ५, २०८०
नामको मात्र साक्षरता घोषणा बाजुरा जिल्ला, साक्षरता प्रतिशत ७१ प्रतिशत
बाजुरा–बाजुरा जिल्लालाइ २०७९ साल असार ३० गते बाजुरालाइ ६० औँ साक्षरता जिल्ला घोषणा गरिएको थियो । बाजुरामा ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएको भन्दै बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको थियो । तर राष्ट्रिय जनगणना २०७८ ले सार्वजनिक गरेको तथ्याङ्कमा ७१.२४ प्रतिशत साक्षरता रहेको जनाएको छ । 
बाजुरालाइ जनप्रतिनिधिको सहभागितामा निकै तामझामका साथ साक्षरता जिल्ला घोषणा गरेको थियो । ९५ प्रतिशत नागरिक लेख्न पढ्न सक्ने भएपछि मात्र जिल्लालाइ साक्षर जिल्ला घोषणा गरिन्छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कलाइ हेर्ने हो भने कागजमा जिल्लालाइ साक्षरता घोषणा गरेको नागरिक समाज बाजुराले जनाएको छ ।  
राष्ट्रिय जनगणना २०७८ ले सार्वजनिक गरेको तथ्याङ्कमा पुरुष ७९.८३ प्रतिशत र महिला ६३.३२ रहेको जनाएको छ । बाजुराको जनसंख्या १ लाख ३८ हजार ५ सय २३ रहेको छ । महिलाको संख्या ७१ हजार ४ सय ५३ र पुरुषको संख्या ६७ हजार ७० रहेको छ । सबैभन्दा बढी बडिमालिका नगरपालिका ७७.३० प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने कम हिमाली गाउँपालिकामा ६४.३९ प्रतिशत रहेको छ । तर बाजुरालाइ साक्षरता घोषणा गर्ने बेला भने ९ बटै पालिकामा ९५ प्रतिशत भन्दा बढी साक्षरता भएको घोषणा गरेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले घोषणका बेलामा जिल्लाका ९५ प्रतिशत नागरिक साक्षर भएको बताएको थियो । ९५ प्रतिशत जनसंख्या साधारण लेखपढ गर्न सक्ने भए सँगै बाजुरा जिल्ला ७७ वटै जिल्ला मध्ये बाजुरा जिल्ला ६० औँ जिल्लाको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका थिए ।
लेख्न, पढ्न, चिठी लेख्न, मोबाईल र क्याल्कुलेटर चलाउने लगायतका मापदण्डका आधारमा ब्यक्तीलाई शाक्षर मानिएको थियो । सोही मापदण्ड अनुसार जिल्लामा ९५ प्रतिशत नागरिक साक्षरता भएको तथ्याङक रहेको जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको थियो, तर राष्ट्रिय जनगणना २०७८ ले सार्वजनिक गरेको तथ्याङ्कमा भने धेरै फरक आएको छ ।
 
सरकारले दुई वर्षभित्र सबै जिल्ला साक्षर घोषणा गर्ने गरी आर्थिक वर्ष ०७८।०७९ को अन्त्य सम्ममा प्रत्येक जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको थियो । जनप्रतिनिधि, जिल्लाका कार्यलय प्रमुख, राजनितिकदल, नागरिक समाज, पत्रकारको सहभागितामा साक्षरता जिल्ला घोषणा गरेको थियो । राष्ट्रिय जनगणना तथ्याङ्कले त्यो बेला कागजमा मात्र घोषणा रहेको पाइएको नागरिक अगुवा लक्ष्मिराज पाध्यायले वताएका छन् । घोषणा गर्ने नाममा कागजमा मात्र भएको उनले वताएका छन् । 
No description available.

चर्चामा

सम्बन्धित समाचार