सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एम्बुलेन्स चाहिने बिरामी पनि सार्वजनिक यातायातमा लग्दै

बाजुरामा एम्बुलेन्स चाहिने बिरामी पनि सार्वजनिक यातायातमा लग्दै

  • सोमवार, साउन १, २०८०
बाजुरामा एम्बुलेन्स चाहिने बिरामी पनि सार्वजनिक यातायातमा लग्दै

बाजुरा–बाजुरामा एम्बुलेन्स नहुँदा बिरामीलाइ समस्या भएको छ । एम्बुलेन्स चाहिने बिरामीलाइ पनि बस तथा जिपमा लिने गरेका छन् । बाजुरामा भएका एम्बुलेन्स बिग्रेरेर थन्किदा बिरामी मारमा परेका छन् ।

अचेत अबस्थामा रहेका गौमुल गाउँपालिका ४ बस्ने ८ बर्षका किरण रोकायालाइ एम्बुलेन्स मार्फत धनगढी लिनु पर्ने थियो । अस्पताल बाजुराले रिफर गरेका किरणलाइ शनिवार राति अक्सिजनको साहारामा जिप मार्फत धनगढी लगे । गाउँ नजिकै बाख्रा चराइरहेका बेला माथि बाट आएको ढुङ्गा लागेर उनि गम्भिर घाइते भएका थिए । बाजुरा देखी धनगढी पुग्न १२ घण्टा बढी समय लाग्ने गरेको छ ।

शनिवार राति बेहोस रहेका किरणलाइ अस्पताल बाजुरामा पुगाए । यहाँ उपचार सम्भब नहुने भन्दै उनलाइ धनगढी रिफर गरयो । अस्पताल बाजुराको एम्बुलेन्स बिग्रेको अन्य ठाउँका एम्बुलेन्स पनि बिग्रेका कारण उनलाइ आफन्तले जिपको सिटमा सुताएर धनगढी लगेको किरणका बुवा जोगि रोकायाले वताए । एउटा सिटमा छोरालाइ सुताए, अर्को सिटबाट अक्सिजन बाधेर धनगढी लगेको उनले वताए ।

किरण अचेत अबस्थामै उनलाइ सार्वजनिक यातायातको साहारामा धनगढी लगिएको थियो । किरण जस्तै धेरै बिरामीले एम्बुलेन्स नहुदा बिरामीलाइ समस्या भएको छ । किरण रिफर गर्दा अस्पताल बाजुराको बिग्रेको थियो । बुढिगंगा नगरपालिका २ वटा एम्बुलेन्स र बडीमालिका नगरपालिका एउटा एम्बुलेन्स बिग्रेर अलपत्र अबस्थामा रहेका छन् । यी एम्बुलेन्स बिग्रेका धेरै समय भइसक्दा पनि पालिकाले नयाँ खरिद गर्ने तथा मर्मतमा कुनै ध्यान दिएको छैन् ।

हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका एम्बुलेन्स भने गाउँपालिकामा रहेका छन् । मार्तडी कोल्टि सडकखण्डका नदिमा बर्षाले सडक अबरोध भएपछि पालिकामै थन्किएका छन् । जिल्ला अस्पताल बाजुराको एम्बुलेन्सले केही सहजता दिएको थियो, त्यो पनि पटक पटक बिग्रने भएका कारणले बिरामीले निकै समस्या भएको स्थानियले वताएका छन् ।

बाजुरामा एम्बुलेन्स नहुदा बिरामी मात्र नभइ गर्भवती तथा सुत्केरीलाइ जिप तथा बसमा उपचारमा लिन बाध्य भएका छन् । बाजुराबाट सबैभन्दा बढी उपचारका लागि अछामको बयलपाटा अस्पताल जाने गरेका छन् । प्राय जिप तथा बसमा जाने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।

जटिल खाले सुत्केरीलाइ एम्बुलेन्स अनिवार्य हो, तर नहुदा बाध्य भएर जिपमा पठाउने गरेको शाहले वताए । बाजुराको प्रदेश ख क्षेत्रका अधिकांश गाउँमा सडकको पहुँच रहेको छ, एम्बुलेन्स भएको भए स्वास्थ्य चौकीमा बिरामी लिन सहज हुने गरेको थियो, एम्बुलेन्स नहुदा अक्सिजन चाहिने बिरामीलाई निकै समस्या भएको स्वास्थ्यकर्मीले वताएका छन् । पालिका प्रमुखले चढने गाडी भएपनि बिरामीलाइ भने एम्बुलेन्स ब्यबस्थापन गर्न सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार