शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणीका जनप्रतिनिधीको बर्षमा एक करोड ६ लाख भन्दा बढिको सेवा सुबिधा

त्रिबेणीका जनप्रतिनिधीको बर्षमा एक करोड ६ लाख भन्दा बढिको सेवा सुबिधा

  • बिहिबार, अशोज ७, २०७८
त्रिबेणीका जनप्रतिनिधीको बर्षमा एक करोड ६ लाख भन्दा बढिको सेवा सुबिधा

बाजुरा — महालेखाको परिक्षण प्रतिबेदन अनुसार बाजुराको त्रिबेणी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षण प्रतिबेदन अनुसार १ करोड ६ लाख भन्दा बढिको सेवा सुबिधा लिएको देखाएको छ । त्रिबेणी नगरपालिका जनप्रतिनिधीहरुले बिभिन्न सेवा सुबिधा वाफत १ करोड ६ लाख २७ हजार ९ सय रुपैया लिएको महालेखा परिक्षणको प्रतिबेदनमा उल्लेख गरिएको छ । सुबधिा बुझनेमा सबै भन्दा बढी नगर प्रमुख रामसिं रावल रहेका छन् ।
नेपालको संबिधानको धारा २७७ मा गाउँ सभा तथा नगरसभाका सदस्यहरुले पाउने सुबिधा अनुसार त्रिबेणी नगरपालिकाका जनप्रतिनिधीले सेवा लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिबेदनको दफा २० बमोजिम त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले बैठक भत्ता वाफत १४ हजार ४ सय ५० रुपैया लिएका छन । टेलीफोन सेवा ६३ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ५८ हजार ५ सय, समन्वय तथा सहजीकरण ९० हजार, अतिथि सत्कार ९९ हजार, खानेपानी बिजुली तथा सरसफाई वाफत २६ हजार ५ सय र चाडपर्ब खर्च २७ हजार ५ सय लिएका छन भने यातायात खर्च भने लिएका छैनन । नगर प्रमुख रावलको जम्मा खर्च ३ लाख ८८ हजार ४सय ५० रुपैया लिएको देखीन्छ ।
त्यसै गरी उप प्रमुख राधिका सुनारको नाममा बैठक भत्ता १४ हजार ४ सय २५, यातायात भने लिएकी छैनन । टेलीफोन, मोबाइल खर्च ५४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ८१ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाई ३१ हजार ५ सय र चाडपर्व खर्च २५ हजार गरि ३ लाख ४० हजार ९ सय ५० लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
त्रिबेणी नगरपालिकाका वडाअध्यक्षहरुले बैठक भत्ता र यातायात खर्च भने लिएका छैनन । वडाअध्यक्ष हरुमा प्रति वडा अध्यक्षले टेलीफोन मोबाइल खर्चवाफत प्रति ब्यक्ती ३६ हजार, पूस्तक पत्रिका इन्टरनेट वाफत १ वडा अध्यक्षले ३६ हजार, समन्वय तथा सहजीकरण ५८ हजार ५सय, अतिथि सत्कार वाफत ७२ हजार, खानेपानी, बिजुली, सरसफाई वाफत २२ हजार ५ सय र चाडवाड खर्च प्रति ब्यक्ती १ लाख ६२ हजारका दर जम्मा ३४ लाख ९ सय ५० रुपैया लिएको देखीन्छ ।

No description available.
कार्यपालिका सदस्यहरुको जम्मा खर्च २१ लाख ४२ हजार लिएको देखाएको छ । कार्यपालिका सदस्यहरुले अतिथी सत्कार खर्च र बैठक भत्ता लिएका छैनन् । कार्यपालिका सदस्यहरुको एकमुष्ठ यातायात खर्च ३६ हजार, टेलिफोन मोबाइल खर्च ५ लाख ४ हजार, पुस्तक पत्रिका वाफत २ लाख ५२ हजार, समन्वय तथा सहजिकरणमा ४ लाख ३२ हजार, खानेपानी बिजुली सरसफाईमा १ लाख ८० हजार र चाडपर्व खर्चमा ७ लाख २० हजार लिएको तथ्याङक रहेको छ ।
नगर सभाका ४७ सदस्यहरुले पनी ४७ लाख ४२ हजार रुपैया बुझेका छन । जसमा प्रति सदस्य यातायात खर्चवाफत ३ हजार ४ सय ४७ रुपैया , टेलीफोन, मोबाइल खर्च वाफत प्रति ब्यक्ती ११ हजार १ सय ७ रुपैया लिएका छन । त्यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च १४ हजार २ सय ५५ रुपैया, समन्वय तथा सहजीकरण २२ हजार ८ सय ८ रुपैया , खानेपानी बिजुली र सरसफाईमा ५ हजार ७ सय २ रुपैया र चाडपर्व खर्च वाफत ४४ हजार ४ सय २६ रुपैया लिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । नगरसभाका सदस्यहरुले पनी बैठक भत्ता लिएका छैनन् ।
त्रिबेणी नगरपालिका नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष कार्यपालिका र नगर सभाका सदस्य सबै गरी बैठक भत्तामा २८ हजार ९ सय , यातायातमा १ लाख ९८ हजार, टेलीफोन मोेबाइल खर्चमा १४ लाख ६७ हजार, पुस्तक पत्रिका इन्टरनेट वाफत १३ लाख ४९ हजार ५ सय, समन्वय तथा सहजीकरणमा २२ लाख १५ हजार रहेको छ । त्यसै गरी अतिथि सत्कारमा ८ लाख ३७ हजार रहेको छ । खानेपानी बिजुली तथा सरसफाईमा ७ लाख १८ हजार र चाडपर्व खर्चमा ४३ लाख १८ हजार ५ सय रुपैया रहेको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार